रास्वपाका सुदूरपश्चिम सभापति विष्ट सवार कार दुर्घटना | Khabarhub Khabarhub

रास्वपाका सुदूरपश्चिम सभापति विष्ट सवार कार दुर्घटना


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको सुखडस्थित घोडाघोडी ताल क्षेत्रमा बस र कार ठोकिएका छन्।

घोडाघोडी ताल क्षेत्रमा टीकापुरदेखि विद्यार्थी ल्याएको ना ६ ख १३३९ नम्बरको बस र बा १७ च ७२५७ नम्बरको कार ठोकिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सवार कार र पार्किङमा राखिएको बस फर्काउदा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय, सुखडमा अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन। कारको अगाडिको भागमा क्षति भएको छ।

बस बझाङको बुंगल नगरपालिका वडा नम्बर ११ का २८ वर्षीय मानबहादुर पातलीले चलाएका थिए भने, कार टीकापुर नगरपालिका वडा नम्बर ४ का प्रताप चौधरीले चलाएका थिए।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : १९ बजे

पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान

पर्वत– आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष

सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

बागमती– यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख  (डिजिटाइजेसन)

एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौंमा

काठमाडौ‌– संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त 

काठमाडौं– वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।