कुहिएको सुन्तलाको क्षतिपूर्ति माग « Khabarhub

कुहिएको सुन्तलाको क्षतिपूर्ति माग


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – पाणिनी गाउँपालिकाको शीत भण्डारमा राखिएका सुन्तला कुहिएपछि किसानले क्षतिपूर्तिको गरेका छन् ।

पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको थियो । प्राविधिकले सिकाएअनुसार शीतभण्डारमा राख्दा पनि सुन्तला कुहिएपछि क्षतिपूर्ति माग गरिएको किसान रेवतीराज पौडेलले बताए ।

शीत भण्डारणमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि प्रतिकेजी रु ९० का दरले किसानले रु ५६ लाख ७० हजार घाटा बेहोर्नुपरेको छ । किसान मानबहादुर श्रेष्ठ, चीरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीत भण्डारमा चार हजार पाँच सय क्यारेट अर्थात ९० टन सुन्तला भण्डारण थिए । त्यहाँ राखिएका सुन्तलामा ढुसी लागेपछि आफूहरुलाई ठूलो घाटा परेको उनीहरुको भनाइ छ ।

यसअघिका दुई वर्षमा पनि यसैगरी सुन्ताला कुहिँदा नोक्सान भएको थियो । यसवर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै कोल्डस्टोरमा सुन्तला राख्ने तरिका सिकाएको थियो ।

‘रफ ह्याण्डलिङ’ र ‘ट्रिटमेन्ट’ नमिलेका कारण हरियो र निलो ढुसीले कुहिएको वैज्ञानिकको अनुसन्धान र प्रतिवेदनले देखाएको छ । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरेको थियो । सो टोलीले सुन्तला मुख्य गरी हरियो र निलो ढुसीको कारण नष्ट भएको निष्कर्ष निकालेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए।

भण्डारण गर्दा प्राविधिक त्रुटि रहेको, खुला हातले पञ्जा नलगाइ शीत भएको समयमा टिपिएको, घरलाई निर्मलीकरण गर्दा सोडियम हाइपोक्लोराइडको मात्रा कम राखेको लगायतका कारणले सो नोक्सानी भएको अनुसन्धानमा देखिएको थियो । सुन्तलालाई पटकपटक नाङ्गो हातले छुँदा ढुसीले बढी आक्रमण गरेको, भण्डारण घरको तापक्रम र आद्रता पनि नमिलेको देखिएको वैज्ञानिक टोलीको प्रतिवेदनमा उल्लेख छ ।

सुन्तला टिप्दा आधा हरियो र आधा पाकेको टिप्नुपर्नेमा सबै पाकेका सुन्तला टिपेको, हातको प्रयोग बढी भएको, हातका कारण बढी ढुसी बताइएको छ ।

सुन्तला कुहिएपछि नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक उमेश आचार्य, कृषि विकास निर्देशनालय बुटवलका बाली संरक्षण अधिकृत मिलन गैरे, कृषि विकास निर्देशनालय बुटवलका बागबानी अधिकृत सुनयना बराली र कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख वुद्धिराज घिमिरेको टोलीले स्थलगत रुपमा शीतभण्डारणमा पुगी अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : १० बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न