विकासका लागि प्रजातन्त्र आवश्यक : मुख्यमन्त्री कार्की « Khabarhub

विकासका लागि प्रजातन्त्र आवश्यक : मुख्यमन्त्री कार्की


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धरान – कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मुलुकको विकासका लागि प्रजातन्त्र आवश्यक रहेको बताएका छन् ।

आज प्रजातान्त्रिक विचार समाज कोशी प्रदेश समितिको दोस्रो अधिवेशनका अवसरमा धरानमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका चुनौतीः नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा मुख्यमन्त्री कार्कीले भने, “प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रमा विचारको मन्थन हुन्छ । प्रजातन्त्र नहुँदा विचार होइन आदेशको मात्रै पालना मात्र हुन्छ ।”

मुख्यमन्त्री कार्कीले विचार मन्थनविना विकासका काम पनि अधुरा हुने भएकाले कोशी प्रदेश सरकारले ‘थिङ्क ट्याङ्क’ को कार्यालय नै स्थापना गर्ने तयारी गरेको बताए ।

उनले भने “स्वास्थ्य, शिक्षा, कृषि, प्रविधि जस्ता क्षेत्रमा कसरी काम गर्ने भनेर हामी ‘थिङ्क ट्याङ्क’ बनाउँदै छौँ । यसले प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्नेमा विश्वास छ ।” उनले आफूलाई लोकतान्त्रिक पार्टी मान्ने नेपाली कांग्रेसले विचार मन्थनमा जोड दिनुपर्ने बताए ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विभिन्न चुनौती देखिएकाले यस्तो अवस्थामा नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले भने, “गणतान्त्रिक व्यवस्थामा देखिएको कमजोरी सुधार गर्न कांग्रेस अघि सर्नु आवश्यक छ ।”

समाजका प्रदेश अध्यक्ष जीवनकुमार राईको सभापतित्वमा सम्पन्न विचार गोष्ठीमा समाजका पूर्वअध्यक्ष केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, कोशी प्रदेशका पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापालगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : २८ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट