एक लाख बढी बाख्रालाई पिपीआरविरुद्वको खोप लगाइँदै | Khabarhub Khabarhub

एक लाख बढी बाख्रालाई पिपीआरविरुद्वको खोप लगाइँदै


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

दैलेख । दैलेखमा एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपीआरविरुद्वको खोप लगाइने भएको छ ।

भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले जिल्लाभरिका सबै बाख्रालाई निःशुल्क खोप लगाइने भएको हो ।

जिल्लाका करिब एक लाख १६ हजारभन्दा बढी भेडाबाख्रालाई पिपीआरविरुद्धको खोप लगाइने पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर विष्टले बताए।

जिल्लाका ११ वटै स्थानीय तहमा उक्त सङ्ख्यामा पिपीआरविरुद्धको खोप लगाउन सुरु गरिएको उनले जानकारी दिए ।

जिल्लामा यो अभियानलाई दुल्लु नगरपालिका–१ बाट खोप अभियान सुरु गरिएको कार्यालय प्रमुख विष्टले बताए । दैलेखका ११ वटै पालिकामा दुई लाख ५० हजार बाख्रा रहेको उनले जानकारी दिए ।

उनले जिल्लामा पर्याप्त मात्रामा खोप नभए पनि करिब आधा सङ्ख्या एक लाख १६ हजार बाख्रालाई पिपीआर खोप, करिब ४० हजार बढी कुखुरालाई रानीखेत खोप र बङ्गुरलाई स्वाइन फिभर खोप लगाउने लक्ष्य तय गरिएको बताए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : ३४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता