पत्रकारद्वय कुवँर र भट्टको रिहाइको माग « Khabarhub

पत्रकारद्वय कुवँर र भट्टको रिहाइको माग


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर । कञ्चनपुरका पक्राउ परेका दुई जना पत्रकारको रिहाइको माग गरिएको छ । नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले आज प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारद्वय ऐश्वर्या कुँवर र पुष्कर भट्टको रिहाइको माग गरेको हो ।

उनीहरुविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरी ‘विद्युतीय कारोबार कसुर’अन्तर्गत मुद्दा चलाई पक्राउ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घ शाखा कञ्चनपुरका सचिव राजेन्द्रप्रसाद अबस्थीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेशसभा सदस्य ओमविक्रम भाटले पनि प्रहरी हिरासतमा राखिएका दुवै जना पत्रकारलाई थुनामुक्त गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले व्यक्तिगत फेसबुक पेज तथा म्यासेन्जरलगायत सामाजिक सञ्जालमा व्यक्तिगत चरित्रहत्या गरेको भन्ने विषयमा परिवर्तित नाम थर कञ्चनपुर ७५ (५०) बाट विद्युतीय कारोबारसम्बन्धी शीर्षकमा जाहेरी दर्ता भएकाले दुवै जनालाई अदालतको अनुमतिअनुसार आज पक्राउ गरिएको जनाएको छ । प्रहरीले कुँवरलाई सुकासाल र भट्टलाई गड्डाचौकीबाट आज पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ११ : २६ बजे

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका