पाकिस्तानको बलोचिस्तानमा गैरन्यायिक हत्याको भिडियो सार्वजनिक « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा गैरन्यायिक हत्याको भिडियो सार्वजनिक


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको बलोचिस्तान प्रान्तमा एक जना बलोचको गैरन्यायिक हत्या गरिएको भिडियो सार्वजनिक भएको छ । बलोचिस्तान टाइम्सले सामाजिक सञ्जाल ‘एक्स’ (साबिकको ट्विटर) मार्फत् उक्त भिडियो सार्वजनिक गरेको हो ।

भिडियोमा गैरन्यायिक हत्या गरिएका एक जना बलोचको परिवारलाई प्रहरीले पीडित व्यक्ति लडाकु समूहमा आबद्ध रहेको भन्ने फाराम भराउन बाध्य पारेको देख्न सकिन्छ ।

यसो भएको खण्डमा हत्या गरिएका व्यक्ति लडाकु समूहमा आबद्ध रहेको भन्ने तथ्य स्थापित हुने र हत्याराहरु जोगिने अवस्था आउने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पछिल्लो समय पाकिस्तानको बलोचिस्तान प्रान्तमा सुरक्षाकर्मीहरुबाट बलोचविरुद्ध चरम दमन हुँदै आएको बताइन्छ । बलोचिस्तानमा बारम्बार हत्या, अपहरण, जबरजस्ती बेपत्ता, बलात्कारजस्ता घटना बढ्दै गएको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ४३ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ