संसारका महँगा उपहार | Khabarhub Khabarhub

संसारका महँगा उपहार


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

संसारकै धनाढ्य व्यक्ति मुकेश अम्बानी र निता अम्बानीका लागि छोरा अनन्त अम्बानीको विवाह विशेष बनेको छ। यो विशेष विवाहका लागि अम्बानी परिवारले धेरै खर्च पनि गरेको छ। मूल विवाह त जुन महिनामा आयोजना हुनेछ। अहिले भएको यो विवाह छिन्ने कामकै धेरै चर्चा भएको छ। यसरी चर्चा हुने क्रममा धेरैले दिएको उपहारकै चर्चा भएको हो।

अम्बानी दम्पत्तीले अफ्नो नयाँ दुलही राधिका मर्चान्टका लागि हिराको नेकलेस उपहार दिएका थिए। चार सय ५१ करोड भारतीय रुपैयाँ मूल्य रहेको सो हारमा ९१ वटा हिरा छन्। यो नयाँ मोडलको हो। यस मोडलको अर्को हार बजारमा आएको समेत छैन। लेबनानका मुवावदले यसको डिजाइन गरेका हुन्।

यसअघि अम्बानीको जेठा छोरा आकाश अम्बानीले सुक्ला महेतासँग विवाह गर्दा यी दम्पत्तीले चार सय ५१ करोड भारतीय रुपैयाँ बराबर मूल्यकै नेकलेस उपहार दिएका थिए। यसलाई धेरै भारतीय दुई छोरा प्रतिको माया पनि बराबरी भएको देखाउन अम्बानीले यसो गरेको प्रतिक्रिया दिने गरेका छन्। यस्तै अन्य धेरै गहना पनि अम्बानी दम्पत्तीले आफ्नो बुहारीका लागि दिएका छन्।

यसअघि अम्बानीको जेठा छोरा आकाश अम्बानीले सुक्ला महेतासँग विवाह गर्दा यी दम्पत्तीले चार सय ५१ करोड भारतीय रुपैयाँ बराबर मूल्यकै नेकलेस उपहार दिएका थिए। यसलाई धेरै भारतीय दुई छोरा प्रतिको माया पनि बराबरी भएको देखाउन अम्बानीले यसो गरेको प्रतिक्रिया दिने गरेका छन्।

यसरी दिइएका उपहारमध्ये एउटा लक्ष्मी गणेश मूर्ति पनि थियो। चाँदीको सो मूर्तिको बिचमा तुलसी पनि थियो। निता अम्बानीले बुहारीका लागि सो उपहार दिएका थिए। मुकेशले बुहारीका लागि एउटा स्पिड कार उपहार दिएका थिए। सो दुर्लभ कार थोरै धनाढ्यले मात्र चढ्ने गरेका छन्। भारतमा सो कार विराट कोहली, अमिर खान र अभिषेक बच्चन लगायतले चढ्ने गरेका छन्। चार दशमलव ५ करोड भारतीय रुपैयाँ मूल्य पर्ने सो कार बेलायतमा निर्मित हो।

यी दुईको विवाह हुन बाँकी नै छ। यस कारण उनीहरूले पाउने पुरै उपहार पनि बाँकी नै छ। तर पनि संसारमा अहिलेसम्म चलेका र चर्चा भएमा विवाहको उपहारको चर्चा यहाँ गरिएको छ।

अबुधावीका युवराज मोहम्मद बिन जोयन अल नासेनले युवराज्ञी सलानासँग सन् १९८१ मा विवाह गरेका थिए। संयुक्त अरब इमिरेट्सका संस्थापक समेत रहेका दुलाहाका बाबुले बुहारीका लागि २२ मिलियन अमेरिकी डलर बराबरको रङ्गशाला उपहारमा दिएका थिए। त्यस रङ्गशालाको क्षमता २० हजार जनाको थियो। विवाहको कुल खर्च नै एक मिलियन अमेरिकी डलर रहेको जनाइएको छ।

सन् २००६ मा नायक टम क्रुजले केटी होल्म्ससँग विवाह गरेका थिए । उनले विवाहमा आफ्नो श्रीमतीलाई १४ देखि २० मिलियन बिचको मूल्य पर्ने गल्फ स्ट्रिम प्राइभेट जेट उपहार दिएका थिए। संयोग मान्नुपर्छ यत्ति महँगो उपहार दिएर विवाह गरे पनि उनीहरू सन् २०१२ मा छुट्टिएका थिए। इटालीको १५ औं शताब्दीको पुरानो दरबारमा उनीहरूले विवाह गरेका थिए।

१६ औं शताब्दीमा पत्ता लागेको ला पेरेगीना युरोपका धेरै राज प्रसादको घाँटीमा देखिएको मोती हो। यो संसारकै एक महँगो मोतीको रूपमा रहेको छ। एलिजाबेथ टेलर र रिचर्ड बर्टनको बिचमा विवाह भएको थियो। यी दुईको विवाहमा यसै किसिमको मोती उपहार दिइएको थियो। पछि टेलरको निधनपछि अक्सन मार्फत ११ मिलियन डलरमा त्यसको बिक्री भएको थियो।

यसरी आफ्नो श्रीमतीलाई महंगो उपहार दिने मध्ये फुटबल स्टार क्रिस्टीयानो रोनाल्डोसमेत रहेका छन् । सन् २०१५ मा रोनाल्डोले यसै किसिमको कीर्तिमान राखेका थिए। उनले ग्रीक टापु नै श्रीमतीलाई दिएका थिए। श्रीमती सान्ड्रा मेन्डेसले पाएको सो टापुको मूल्य ३ मिलियन अमेरिकी डलर हो। सो टापु निजी टापुको रूपमा रहेको छ।

जर्ज र अमाल कोन्ली हलिउडको एक चर्चित जोडी हो। सो जोडीको लामो समय प्रभाव थियो। यसै क्रममा २७ सेप्टेम्बर २०१४ मा यिनीहरू विवाह बन्धनमा बाँधिएका हुन्। यी दुईले कुनै ग्रामीण भेगमा पुगेर ९ मिलियन अमेरिकी डलरमा नयाँ घर किनेर सो घरमा हनिमुन मनाएका थिए। जर्जले सोही घर अमाललाई उपहार स्वरूप दिएका थिए।

ब्राड पिट र एन्जलीना जोली सन् २०१४ मा जोडी बाँधिएका हुन्। सोही वर्ष जोलीले ३ मिलियन अमेरिकी डलर मूल्य बराबरको घडी उपहार दिएकी थिइन्। एक गहना पसलमा यसको तयारी गरिएको थियो।

युवराज्ञी डायनाको ज्यान गएको दुई दशक पार गरी सकेको छ। परन्तु युवराज्ञी डायना विभिन्न समयमा समाचारको पात्र अझै पनि बन्दै छिन्। युवराज्ञी डायना र युवराज चार्ल्सको विवाह र उपहारको चर्चा अझै हुन्छ। सो समयमा चार्ल्सले सात लाख ४३ हजार अमेरिकी डलर बराबरको गहना उपहार दिएको अनुमान गरिएको छ। त्यसो त उपहार मात्र होइन यी दुईको एक आपसमा चिनजानको समय देखिकै हरेक घटना चर्चाको विषय गरेका थिए।

सन् १९७७ मा यिनीहरूको पहिलो भेट भएको थियो। त्यसको तीन वर्षपछि यी दुईको बिचमा अर्को भेट भयो। त्यसपछि यिनीहरू नजिकिन थाले। २९ जुलाई १९८१ का दिन उनीहरुको विवाह भएको थियो। बेलायती राज प्रसादको सो विवाह महँगो त हुने नै भयो। अन्य धेरै कारणले सो विवाह चर्चामा रहेको थियो।

१५ वर्ष यी दुई जोडीले एक आपसमा बिताए। यस बिचमा सन् १९८२ मा युवराज विलियम र १९८४ मा युवराज हेरीको जन्म भएको हो। यस बिचमा यिनीहरूको बिचमा धेरै विवाद भएको थियो।

युवराज्ञी डायना र युवराज चार्ल्सको विवाह र उपहारको चर्चा अझै हुन्छ। सो समयमा चार्ल्सले सात लाख ४३ हजार अमेरिकी डलर बराबरको गहना उपहार दिएको अनुमान गरिएको छ।

तथापि यिनीहरूको विवाहको समय धेरैका लागि सम्झना योग्य बनेको थियो। त्यस समयमा डायनाको पहिरन मात्र होइन सञ्चार माध्यम मार्फत घरमा बसेर उनको विवाह हेर्नेको ठुलो जमात नै थियो।

सन् १९९२ मा यिनीहरूको सम्बन्ध बिग्रिएको थियो। सन् १९९६ मा यिनीहरू कानुनी रूपमा छुट्टिएका थिए। ३१ अगस्ट १९९७ मा कम उमेरमै डायनाले जीवन गुमाएकी थिइन्। उनको निधन पछि डायना नै संसारकै एउटी यस्ती पात्रको रूपमा रहेकी छिन्, जसका हरेक किस्सा पठनीय रहे।

राजकुमार विलियमले पनि युवराज्ञी केट डिलटनलाई पाँच लाख अमेरिकी डलर बराबरको उपहार दिएका थिए। संसारका धनाढ्य र सेलीब्रेटीको विवाहमा भएको खर्च र उपहारको चर्चा अझ लामो समयसम्म रहने छ। सायद अबको जुन महिनासम्म त अम्बानी परिवारसँगै अन्य सम्भ्रान्तको चर्चा भइरहने छ। स्रोत : डिए इन्डिया, आवर वेडिङ नेट, पिपुल डटकम

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ९ : ०८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने