प्रधानमन्त्रीबाट मन्त्रिपरिषद विस्तार, जसपाका दुई मन्त्रीले लिए शपथ | Khabarhub Khabarhub

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद विस्तार, जसपाका दुई मन्त्रीले लिए शपथ


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले जनता समाजवादी पार्टी (जसपा)का दुई मन्त्रीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

आज विस्तार भएको मन्त्रिपरिषदमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र नवलकिशोर साह वन मन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले यादव र साहलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रधानमन्त्री दाहालले पहिलो पटक फागुन २१ र २३ गते दुई पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । यसअघि मन्त्रिपरिषदमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीबाट मन्त्री बनेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : २५ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड