‘पुजार सार्की’मा मैत बहादुर बनेका प्रदीप « Khabarhub

‘पुजार सार्की’मा मैत बहादुर बनेका प्रदीप


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायकहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको फिल्म  ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । निर्माण पक्षले अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर आइतबार चलचित्रमा उनले निर्वाह गरेको पात्र सार्वजनिक गरेको छ ।

फिल्मका निर्देशक दिनेश राउतले प्रदीपले निर्वाह गरेको पात्रको नाम  ‘मैत बहादुर’ रहेको खुलासा गरेका हुन् । उनले सार्वजनिक गरेको दुई तस्वीरमा प्रदीप लामो कपाल, कालो टोपी लगाएर  ‘दमाहा’ बजाउँदै गरेको देख्न सकिन्छ । निर्देशक राउतले  ‘मैत बहादुर’को थर भने खुलाएका छ‍ैनन् ।

‘पुजार सार्की’ जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित चलचित्र रहेको निर्माण पक्षले जानकारी दिएको छ । कास्की जिल्लाको कास्कीकोमा फिल्मको छायाङ्कन भइरहेको छ ।

यस चलचित्रमा अभिनेत्री अन्जना बराइली र परीक्षा लिम्बुको प्रमुख भूमिका रहेको छ ।  किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने यो फिल्मका लेखक विकास सुवेदी हुन् भने लगानी सुवास भुसालको रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : ५६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस