‘पुजार सार्की’मा मैत बहादुर बनेका प्रदीप « Khabarhub

‘पुजार सार्की’मा मैत बहादुर बनेका प्रदीप


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायकहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको फिल्म  ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । निर्माण पक्षले अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर आइतबार चलचित्रमा उनले निर्वाह गरेको पात्र सार्वजनिक गरेको छ ।

फिल्मका निर्देशक दिनेश राउतले प्रदीपले निर्वाह गरेको पात्रको नाम  ‘मैत बहादुर’ रहेको खुलासा गरेका हुन् । उनले सार्वजनिक गरेको दुई तस्वीरमा प्रदीप लामो कपाल, कालो टोपी लगाएर  ‘दमाहा’ बजाउँदै गरेको देख्न सकिन्छ । निर्देशक राउतले  ‘मैत बहादुर’को थर भने खुलाएका छ‍ैनन् ।

‘पुजार सार्की’ जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित चलचित्र रहेको निर्माण पक्षले जानकारी दिएको छ । कास्की जिल्लाको कास्कीकोमा फिल्मको छायाङ्कन भइरहेको छ ।

यस चलचित्रमा अभिनेत्री अन्जना बराइली र परीक्षा लिम्बुको प्रमुख भूमिका रहेको छ ।  किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने यो फिल्मका लेखक विकास सुवेदी हुन् भने लगानी सुवास भुसालको रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : ५६ बजे

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी