नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आइतबार नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय चार कम्पनीका ७० लाख ४३ हजार चार सय ५७ कित्ता शेयर ५६ हजार सात सय २६ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ बराबरको कारोबार भएको छ ।

जलविद्युत् समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक चार दशमलव २१ र जीवन बीमा समूहको उपसूचक एक दशमलव ८४ प्रतिशतले बढेको छ ।

बैकिङ समूह शून्य दशमलव ७४, विकास बैंक एक दशमलव ०८, वित्त समूह एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव १२ र लगानी समूह एक दशमलव २६ प्रतिशतले बढेको छ ।

त्यसै गरी, उत्पादन तथा प्रशोधन समूह  शून्य दशमलव ९१, म्युचुअल फण्ड एक दशमलव ०१, निर्जीवन बीमा एक दशमलव ३४, व्यापार शून्य दशमलव ६५ र अन्य समूह शून्य दशमलव २८ प्रतिशतले बढेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ०६ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ९५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु २२ करोड ९३ लाख २५ हजार छ सय ४३ बराबरको चार लाख ३० हजार एक सय ३१ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ५ : ५६ बजे

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक