मधेस केन्द्रीत दलबीच कार्यगत एकताकाे घोषणा « Khabarhub

मधेस केन्द्रीत दलबीच कार्यगत एकताकाे घोषणा


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेस केन्द्रीत दलहरु जनमत पार्टी, तमलोपा र जनता प्रगतिशील पार्टीबीच कार्यगत एकता भएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका ह्रदयेश त्रिपाठी र तमलोपाका अध्यक्ष अध्यक्ष वृषेन्द्रचन्द लालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आइतबार कार्यगत एकताको घोषणा गरेका हुन् ।

यसअघि तमलोपा र जनता प्रगतिशीलबिच कार्यगत एकता भएको थियो । सो अभियानमा जनमत पार्टी पनि मिसिएको हो । जनता प्रगतिशिल पार्टीले कार्यगत एकताका लागि लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई पनि प्रस्ताव गरेको छ ।

दलले देशको वर्तमान परिस्थितिप्रति चिन्तित र सजग भएको भन्दै ७ बुँदे सहमति समेत गरेका छन् । ती दलले नेपालको संविधानको रक्षार्थ समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण गर्न, तराई मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभदेहरु अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पूँजी निर्माण गर्ने, गुणस्तरीय शिक्षा स्वास्थ्य र समाजिक सुरक्षा सुनिश्चित गर्नेलगायत ७ बुँदे सहमति गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ६ : २२ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी