२१ मिनेट काटियो ‘रङ्गेली’, सोमबारदेखि शो छोटो हुने « Khabarhub

२१ मिनेट काटियो ‘रङ्गेली’, सोमबारदेखि शो छोटो हुने


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार रिलिज भएकाे नेपाली चलचित्र ‘रङ्गेली’ रि-एडिट गरी लम्बाइ घटाइएको छ । यसअघि २ घण्टा ५१ मिनेट लम्बाईको हलमा रिलिज भएको यो चलचित्र सोमबार बिहान २ घण्टा ३० मिनेटको प्रदर्शनमा आउँदै छ ।

दर्शकको चाहनाअनुसार फिल्मको लम्बाइ घटाइएको फिल्मका निर्देशक अर्जुन सुवेदीले बताए । उनले भने ‘दर्शकको राम्रो प्रतिक्रियाका बाबजुद चलचित्र अलि लामो भएको प्रतिक्रिया पनि आइरहेको छ । फास्ट कटिङमा सम्पादन गरिएको छ भने चलचित्रलाई २१ मिनेट घटाएर २ घण्टा ३० मिनेटमा पुर्‍याएको छ ।’

पहिलो पटक पटकथा निर्देशन गरेका अर्जुनले चलचित्र हेर्दा दर्शकलाई फिल्म हेर्न बोर हुने गरेको बताए । उनले भने, ‘मैले पहिलो पटक पटकथा बनाएको छु। दर्शकले के चाहन्छन् भन्ने कुरा बुझ्ने अवसर पाएको छु। मुख्य कुरा के हो भने चलचित्र बनाउनु भन्दा चलचित्र चलाउन गाह्रो हुन्छ भन्ने बुझेको छु।’

चलचित्र ‘रंगीली’ ले रिलिजको पहिलो र दोस्रो दिन उत्साहजनक व्यापार गरेको छ । तेस्रो दिन सोमबार पनि चलचित्रको व्यापार सन्तोषजनक हुन सकेको छैन । ‘वर्ड अफ माउथ’का कारण दर्शकको संख्या बढेको देखिएको छ ।

अभिनेता दयाहाङ राईले यो चलचित्रमा यस्तै खालको भूमिका निर्वाह गर्दै फरक भूमिका पाएकोमा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

‘रंगेली’ मा दयाहाङ राई र मिरुना मगरसँगै अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । हर्क साउद, अर्जुन सुवेदी र सविन एकतारेको शब्द रहेको यस चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन् । निर्मातामा संसार चौलागाई र रमेश भट्टराई वशिष्ठ छन् भने युवक कार्की र शिवशंकर चौलागाई सह निर्माता हुन् । विवेक खड्का (योलो) सह निर्माता हुन् र छायांकन सुशन प्रजापति हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ७ : २३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।