यातायात सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न माग « Khabarhub

यातायात सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न माग


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात सुधार कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबिर महासेठ समक्ष माग गरेको छ ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले आइतबार नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठलाई भेटेर देशभरको यातायात क्षेत्रको सुधारका लागि कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको हो ।

महासङ्घको टोलीले सार्वजनिक यातायात क्षेत्रको लगानी संरक्षणका साथै व्यवस्थित ढङ्गले यातायात सेवा सञ्चालन गर्न मन्त्रीसमक्ष अनुरोध गरेको छ ।

मन्त्री महासेठले सरोकारवाला निकायसँग समन्वय गरेर यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आजै महासङ्घको टोलीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर यातायात क्षेत्रका समस्या समाधानका निम्ति गम्भीर हुन आग्रह गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ७ : ५५ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका