फागुन ३० गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी « Khabarhub

फागुन ३० गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । फागुन ३० गते विश्वासको मतका लागि व्यवस्था मिलाउन प्रधानमन्त्रीले संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएका हुन् ।

प्रधामन्त्रीले विश्वासको मतका लागि व्यवस्था मिलाउन पत्र पठाएको संसदका प्रवक्ता एकराम गिरीले पुष्टि गरे । अब संसद सचिवालयले बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी विषय समावेश गर्ने छ ।

यसअघि आज नै बसेको माओवादी पदाधिकारी बैठकले फागुन ३० गते विश्वासको मत लिन प्रधानमन्त्रीलाई सुझाव दिएको थियो । बैठकमा उपस्थित एक नेताले खबरहबसँग भने , ‘सबै गठबन्धनका घटक र हामी पार्टी पदाधिकारीले फागुन ३० गते नै विश्वासको मत लिन सुझाव दियौं ।’

फागुन २१ गते प्रचण्डले एमालेलगायत दलहरुसँग गठबन्धन गरि नयाँ गठबन्धन बनाएका थिए । यसअघिको सत्ता साझेदार दल नेपाली कांग्रेसले फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ९ : ४३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार