भजन संस्कृतिलाई निरन्तरता दिन प्रशिक्षण सुरू « Khabarhub

भजन संस्कृतिलाई निरन्तरता दिन प्रशिक्षण सुरू


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक । चौताराको कृष्ण मन्दिरमा भजनलाई निरन्तरता दिन स्थानीयवासीलाई प्रशिक्षण दिन थालिएको छ । २०७२ बैशाख १२ गतेको भूकम्पले क्षति पुराएपछि उक्त मन्दिरमा भजन रोकिएको थियो ।

स्थानीय सम्पदा संरक्षण गुठीको आयोजनामा शुरु गरिएको प्रशिक्षणका लागि काठमाडौँको ज्यापु संस्कृति विकास कोषले विभिन्न बाजाहरू उपलब्ध गराएको छ। प्रशिक्षण श्रीहरि भजन (मृदङ्ग) सुनाकोथीकातर्फबाट प्रदान गरिएको हो।

आइतबार पुरानो बजारमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष मङ्गल कृष्ण सिं साथै अन्य पदाधिकारीले विभिन्न बाद्य सामाग्री हस्तान्तरण गरे ।

गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा चौताराका विभिन्न खलः साथै पुचःका पदाधिकारी र स्थानीयवासीको उपस्थिति रहेको थियो।

कार्यक्रममा कोषका उपाध्यक्ष सन्त कुमार महर्जनले चौतारामा नेवाः संस्कृतिको पुनरोत्थानमा सहयोग पुर्याउन सकेकोमा खुशी व्यक्त गरे।

प्रशिक्षण सुनाकोथीका प्रशिक्षकद्वय सुरेन्द्र महर्जन र उमेश महर्जनले प्रदान गरेका छन् । कार्यक्रमले भूकम्पपछि चौताराको कृष्ण मन्दिरमा टुटेको भजन संस्कृतिलाई निरन्तरता दिन उपयोगी हुने स्थानीयको आशा छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १० : २६ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल