भजन संस्कृतिलाई निरन्तरता दिन प्रशिक्षण सुरू « Khabarhub

भजन संस्कृतिलाई निरन्तरता दिन प्रशिक्षण सुरू


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक । चौताराको कृष्ण मन्दिरमा भजनलाई निरन्तरता दिन स्थानीयवासीलाई प्रशिक्षण दिन थालिएको छ । २०७२ बैशाख १२ गतेको भूकम्पले क्षति पुराएपछि उक्त मन्दिरमा भजन रोकिएको थियो ।

स्थानीय सम्पदा संरक्षण गुठीको आयोजनामा शुरु गरिएको प्रशिक्षणका लागि काठमाडौँको ज्यापु संस्कृति विकास कोषले विभिन्न बाजाहरू उपलब्ध गराएको छ। प्रशिक्षण श्रीहरि भजन (मृदङ्ग) सुनाकोथीकातर्फबाट प्रदान गरिएको हो।

आइतबार पुरानो बजारमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष मङ्गल कृष्ण सिं साथै अन्य पदाधिकारीले विभिन्न बाद्य सामाग्री हस्तान्तरण गरे ।

गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा चौताराका विभिन्न खलः साथै पुचःका पदाधिकारी र स्थानीयवासीको उपस्थिति रहेको थियो।

कार्यक्रममा कोषका उपाध्यक्ष सन्त कुमार महर्जनले चौतारामा नेवाः संस्कृतिको पुनरोत्थानमा सहयोग पुर्याउन सकेकोमा खुशी व्यक्त गरे।

प्रशिक्षण सुनाकोथीका प्रशिक्षकद्वय सुरेन्द्र महर्जन र उमेश महर्जनले प्रदान गरेका छन् । कार्यक्रमले भूकम्पपछि चौताराको कृष्ण मन्दिरमा टुटेको भजन संस्कृतिलाई निरन्तरता दिन उपयोगी हुने स्थानीयको आशा छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १० : २६ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले