बराबरीमा रोकियो पिएसजी « Khabarhub

बराबरीमा रोकियो पिएसजी


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी रेइम्ससँग बराबरीमा रोकिएको छ । आइतबार सम्पन्न खेलमा पिएसजी रेइम्ससँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा पिएसजीका लागि गोन्कालो रामोसले एक गोल गरेका थिए भने एक गोल रेइम्सका युनिस अबडेलहामिदले आत्मघाती गोल गरेका थिए ।

त्यसैगरी रेइम्सका लागि मार्शल मुनेटसी र ओमार डियाकाइटले एक एक गोल गरेका थिए ।यस खेलमा पिएसजीले किलीयन एम्बाप्पेलाई सब्सटिच्युटको रुपमा खेलको ७३औं मिनेटमा मैदानमा उतारेको थियो ।

प्रशिक्षक लुइस इनरिकले एम्बाप्पेले यस सिजनपछि पिएसजी छोड्ने निश्चित भएकाले टिमले उनी बिना खेल्न सिक्नुपर्ने बताउदै एम्बाप्पेलाई पछिल्ला खेलहरुमा बेन्चमा राख्ने गरेका छन् ।

यो बराबरीपछि पिएसजीको २५ खेलमा ५६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी रेइम्सको२५ खेलमा ३५ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १० : ३९ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा