बराबरीमा रोकियो पिएसजी « Khabarhub

बराबरीमा रोकियो पिएसजी


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी रेइम्ससँग बराबरीमा रोकिएको छ । आइतबार सम्पन्न खेलमा पिएसजी रेइम्ससँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा पिएसजीका लागि गोन्कालो रामोसले एक गोल गरेका थिए भने एक गोल रेइम्सका युनिस अबडेलहामिदले आत्मघाती गोल गरेका थिए ।

त्यसैगरी रेइम्सका लागि मार्शल मुनेटसी र ओमार डियाकाइटले एक एक गोल गरेका थिए ।यस खेलमा पिएसजीले किलीयन एम्बाप्पेलाई सब्सटिच्युटको रुपमा खेलको ७३औं मिनेटमा मैदानमा उतारेको थियो ।

प्रशिक्षक लुइस इनरिकले एम्बाप्पेले यस सिजनपछि पिएसजी छोड्ने निश्चित भएकाले टिमले उनी बिना खेल्न सिक्नुपर्ने बताउदै एम्बाप्पेलाई पछिल्ला खेलहरुमा बेन्चमा राख्ने गरेका छन् ।

यो बराबरीपछि पिएसजीको २५ खेलमा ५६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी रेइम्सको२५ खेलमा ३५ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १० : ३९ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा