अमेरिकी निर्वाचन : वाइडेनको आकर्षण घटेको सर्वेक्षणको निष्कर्ष | Khabarhub Khabarhub

अमेरिकी निर्वाचन : वाइडेनको आकर्षण घटेको सर्वेक्षणको निष्कर्ष

केही राज्यको सर्वेक्षण नतिजा


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

अमेरिकाको निर्वाचनसम्म धेरै आरोह र अवरोह हुन सक्छन्। अहिले अमेरिकी निर्वाचनको पूर्व सन्ध्यामा आप्रवासी समस्या, रुस युक्रेन युद्ध, जलवायु परिवर्तन र पछिल्लो समय संसारका धेरै देशमा देखिएको आर्थिक मन्दीलगायत विषय मूल मुद्दा बनेका छन्। चार वर्ष अगाडिको तुलनामा यो प्रतिस्पर्धामा दुवै उम्मेदवार जो वाइडेन र डोनाल्ड ट्रम्प प्रतिको आकर्षण घटेको सुरुवाती सर्वेक्षणको नतिजाले देखाएको छ।

पछिल्लो समय पेनेसेल्भेनीया र मिचिगनमा भएको सर्वेक्षणमा ट्रम्प बलियो देखिएका छन्। पेनसेल्भेनीयामा भएको सर्वेक्षणले दुवैको पक्षमा ४६ प्रतिशत मत आएको देखाएको छ। अर्को तर्फ मिचिगनमा ट्रम्पको पक्षमा ५० तथा वाइडेको पक्षमा ४२ प्रतिशत मत देखिएको छ।

पेनसेल्भेनीयामा वाइडेन ग्रयाजुएट, कलर्ड र स्वतन्त्र व्यक्तिको बिचमा प्रभावकारी देखिएका छन्। अर्को तर्फ ट्रम्पको पक्षमा ३५ वर्ष भन्दा कम उमेर समूहका मतदाता धेरै छन्। मिचिगनमा महिलाको मत दुवैको प्रभाव उस्तै हो। कलर्डमा वाइडेन नै प्रभावशाली देखिएका छन्। स्वतन्त्र र युवा मतदातामा ट्रम्प धेरै अघि छन्।

यी दुवै राज्यका बासिन्दाले आफूले मत दिन व्यक्तिको चयन गरिसकेका छन्। निर्वाचनको समयसम्ममा मन परिवर्तन हुन सक्ने सम्भावना रहेको २० प्रतिशतले बताएका छन्। यी दुवै राज्यमा सन् २०२० मा वाइडेन झिनो मतले अघि रहेका थिए।

मिचिगनका ३५ वर्ष भन्दा कम उमेरका मध्येका ४१ प्रतिशत युवाले आफ्नो निर्णय अन्तिम नभइसकेको बताएका छन्। पेनसेल्भेनियामा पनि धेरै युवाहरूले नै मतदानको निर्णय अन्तिम नभइसकेको बताएका छन्।

वाल स्ट्रिट जर्नलका अनुसार पछिल्लो समय भएका सात राज्यको सर्वेक्षण फरक छ। ब्याटल ग्राउन्डको सर्वेक्षणमा वाइडेन ६ राज्यमा ट्रम्प भन्दा पछाडि देखिएका छन्।

ट्रम्पका धेरै समर्थकले उनले जीत हात पारेमा अहिलेको अवस्थामा परिवर्तन आउने कुरा सोचेका छन्। वाइडेनको हकमा धेरै समर्थकले नै उनको जीतले अमेरिकाको धेरै कुरा अहिलेकै नीतिले गति पाउनेमा ढुक्क छन्।

ट्रम्पको सेरोफेरोमा निर्वाचन घेरिएको प्रमाणित भएको छ। ट्रम्पका समर्थक आफू वाइडेन विरोधी भएको नभएर उनको समर्थक भएकै कारण मतदान गर्न लागेको बताउँछन्। यसको ठिक उल्टो वाइडेनका समर्थक आफू ट्रम्प विरोधी भन्न रुचाउँछन्।

वाल स्ट्रिट जर्नलका अनुसार पछिल्लो समय भएका सात राज्यको सर्वेक्षण भने फरक छ। ब्याटल ग्राउन्डको सर्वेक्षणमा वाइडेन ६ राज्यमा ट्रम्प भन्दा पछि देखिएका छन्। यसरी जर्नलले गरेको सर्वेक्षणमा ट्रम्पको पक्षमा रहेको राज्यमा पेनसेल्भेनियासमेत हो।

जो वाइडेन ।

मतदातामा अमेरिकाको आर्थिक अवस्था तथा कामको अवसरको सवालमा गुनासो रहेका छन्। जर्नलकै अनुसार मिचिगन, एरिजोना, जर्जीया, नाभाडा र उत्तरी कासरिलोनामा ट्रम्प अघि छन्। यी राज्यमा ट्रम्प दुई देखि ६ प्रतिशतले अघि छन्।

विस्कनसिनमा वाइडेन तीन प्रतिशतले अघि छन्। धेरै युवामा अहिले वाइडेनको कार्यकालमा देखिएको रोजगारीको ग्यारेन्टीको अवसर नै प्रमुख कुरा हो।

सन् १९९६ मा विल क्लीन्टन पछि वाइडेनले पहिलो पटक सन् २०२० मा एरिजोनामा जीत हात पारेका थिए। यस बिचमा भएको सबै निर्वाचनमा सो राज्यमा रिपब्लिकको प्रभाव रहेको थियो।

११ इलेक्ट्रोल भोट रहेको एरिजोनामा आप्रवासी समस्या नै मूल मुद्दा बनेको छ। दक्षिण सीमाबाट अवैध रूपमा रहेको आप्रवासीलाई रोक्न ट्रम्प असफल रहेको जनाइएको छ। जर्जीयामा पनि सन् १९९२ पछि एकै पटक २०२० मा डेमोक्र्याटले सफलता पाएको थियो। त्यस राज्यमा एकदमै झिनो अन्तरले वाइडनेले ट्रम्पलाई पछि पारेका थिए।

११ इलेक्ट्रोल भोट रहेको एरिजोनामा आप्रवासी समस्या नै मूल मुद्दा बनेको छ। दक्षिण सीमाबाट अवैध रूपमा रहेको आप्रवासीलाई रोक्न ट्रम्प असफल रहेको जनाइएको छ।

हिल डिसिजन डेस्कको सर्वेक्षणमा त्यस राज्यमा ट्रम्प ५ प्वाइन्ट माथि छन्। इमर्सन कलेजले गरेको सर्वेक्षणमा भने उनले चार प्वाइन्टले अग्रता लिएका छन्। अश्वेत मतदाता वाइडेनको पक्षमा रहने अनुमान गरिए पनि यस पटक सबै सर्वेक्षणले उनलाई बलियो देखाएको छैन। सिबिसीको सर्वेक्षणले १७ प्रतिशत अश्वेतले ट्रम्पलाई रोजेका छन्। यो चार वर्ष अघिको तुलनामा उनका लागि धेरै सुधार हो।

मध्य पश्चिम राज्य मिचिगनले सन् २०१६ मा ट्रम्पको पक्षमा मतदान गर्नु अघि डेमोक्र्याटका लागि उर्वर भूमि मानिएको थियो। सन् २०२० मा कामदार बर्गल्याई प्रभावमा पारेर ट्रम्पले सफलता पाएका थिए। अल्पसङ्ख्यक समुदायको बलियो साथ पाएर उनले ट्रम्पलाई तीन प्रतिशतले पछि पारेका थिए। हिल डिसिजन डेस्कको सर्वेक्षणमा मिचिगनमा ट्रम्प चार प्वाइन्टले अघि छन्। १६ इलेक्ट्रोल मतमा वाइडेनको अवस्था साँच्चै कठिन बनेको छ।

डोनाल्ड ट्रम्प ।

विगतमा तल्लो वर्गमा अमेरिकीको साथ पाएका वाइडेनका लागि अहिले त्यहाँ पनि आएको जीवन यापनमा कठिनाइ समस्या बन्न सक्ने छ। धेरै अमेरिकन मतदाता पनि सो क्षेत्रमा रहेकाले सो राज्य वाइडेनका लागि प्रतिकुल बनेको छ। सन् २०२० मा वाइडेनको जीतको अन्तर भन्दा बढी त्यहाँ मध्यपूर्व र उत्तर अफ्रिका पृष्ठभूमि भएकाको बसोबास छ।

इमर्सन कलेजले फेब्रुअरीमा गरेको एक सर्वेक्षण अनुसार दुवै जना बराबर देखिएका छन्। धेरै मतदाता अझै अनिर्णीत छन्। यो सर्वेक्षण वाइडेनका लागि उत्साहको विषय समेत हो। सन् २००८ यता नाभाडामा हरेक निर्वाचनमा डेमोक्र्याटले जीत हात पारेको छ। परन्तु पछिल्ला दुई निर्वाचनमा यस राज्यका अन्तर साँघुरिएको थियो।

बाराक ओबामाले सन् २००८ मा सफलता पाए यता उत्तरी क्यारोलीनामा डेमोक्र्याटहरुले लगातार हारको सामना गर्दै आएका छन्। यस पटक भने सो राज्य वाइडेनको पक्षमा रहनसक्ने छ। सन् २०२० मा सो राज्यमा वाइडेनले पराजयको सामना गरेका थिए।

त्यहाँ ब्लुमबर्गले गत महिना गरेको सर्वेक्षणमा ट्रम्प दुई प्वाइन्टले अघि छन्। इमर्सन कलेजले गरेको सर्वेक्षणले उनी तीन प्वाइन्टले अघि छन्। हिल डिसिजन डेस्कको सर्वेक्षणमा उनी चार प्वाइन्टले अघि छन्।

बाराक ओबामाले सन् २००८ मा सफलता पाए यता उत्तरी क्यारोलीनामा डेमोक्र्याटहरुले लगातार हारको सामना गर्दै आएका छन्। यस पटक भने सो राज्य वाइडेनको पक्षमा रहनसक्ने छ। सन् २०२० मा सो राज्यमा वाइडेनले पराजयको सामना गरेका थिए।

यस राज्यमा वर्षको सुरुवातको सर्वेक्षणमा ट्रम्प १० प्वाइन्ट अघि थिए। तर अहिले वाइडेनले दुरी छोट्टाइरहेका छन्। अहिले पनि वाइडेन ५ प्यान्टले पछि छन्। निर्वाचनको समयसम्ममा वाइडेन अघि पनि रहन सक्ने छन्।

५ नोभेम्बरका दिन हुने यस निर्वाचनसम्म धेरै मतदाताको मन परिवर्तन हुनसक्छ। परन्तु अहिलेसम्म केही राज्यको सर्वेक्षणमा ट्रम्पको पक्षमा वातावरण बनेको देखिएको छ। स्रोतः सिएनएन, बिजनेस स्ट्यान्डर्ड , द हिल

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ८ : ४५ बजे

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल