नदीजन्य पदार्थको उत्खननबारे अध्ययन गर्न कार्यदल गठन « Khabarhub

नदीजन्य पदार्थको उत्खननबारे अध्ययन गर्न कार्यदल गठन


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकमा सञ्चालित नदीजन्य सामग्री उत्खनन तथा ढुवानीबारे अध्ययन गर्न जिल्लास्तरीय कार्यदल गठन भएको छ । कार्यदलले जिल्लास्थित नदीजन्य र खानीजन्य उद्योगमा उत्खननदेखि बिक्रीसम्मका गतिविधिको सूक्ष्म अध्ययन गर्नेछ ।

जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा गठन भएको कार्यदलमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल १५ नम्बर गणका अधिकृत, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला समन्वय समितिका अधिकृत सदस्य रहेको कार्यदलले एक महिना अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ ।

समितिलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय  समितिसमक्ष प्रस्तुत गर्ने कार्यादेश दिइएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताए ।

नदीजन्य पदार्थको सङ्कलन, उत्खनन वा ढुवानीकर्ताले सङ्कलन वा उत्खनन गरिने स्थानको लम्बाइ, चौडाइ तथा गहिराइसहितको चारकिल्ला तोकिनुपर्ने, उत्खनन गर्ने अवधि, गुनासो सुन्ने अधिकारीको नाम, पद र सम्पर्क नम्बर उत्खनन वा सङ्कलनस्थलमा राख्ने व्यवस्था मिलाउने निर्णय जिल्लास्थित सरोकारवालाको बैठकले गरेको छ ।

यसैबीच, क्षमताभन्दा अधिक सामान बोक्ने टिपर र सामग्री लोड गर्ने क्रसर तथा खानी दुवैलाई कारबाही गरिने भएको छ । बैठकले ‘ओभर लोड’ बोक्ने टिपरलाई प्रतिटिप २५ हजार जरिवाना निर्धारण गरेको छ ।

हिजो मात्रै भक्तपुर र काभ्रेपलाञ्चोकको सीमानाका साँगामा ओभरलोड बोक्ने २६ टिपरलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार एक महिनाको अवधिमा ओभर लोड बोक्ने एक सय ४० टिपरलाई कारबाही गरिएको छ ।

हेलम्बु राजमार्ग, अरनिको राजमार्ग, बिपी राजमार्ग र सहायक मार्ग हुँदै काभ्रपलाञ्चोकबाट दैनिक दुई हजार पाँच सय टिपरबाट काठमाडौँ उपत्यकामा निर्माण सामग्री ढुवानी हुँदै आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ९ : ३३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकियो

भक्तपुर– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मकै पोलेर आम्दानी

मोरङ– बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

गण्डकी– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

गाँजासहित दुई जना पक्राउ

सुनसरी– धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई

काठमाडौंमा माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौं– काठमाडौं जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएका