उच्च अदालतको आदेशलाई चुनौती दिँदै केजरीवाल सर्वोच्चमा | Khabarhub Khabarhub

उच्च अदालतको आदेशलाई चुनौती दिँदै केजरीवाल सर्वोच्चमा


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारी बारे दिल्ली उच्च अदालतले दिएको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् ।

प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई गत मार्च २१ मा पक्राउ गरेको थियो र उनी हाल न्यायिक हिरासतमा छन् ।

मंगलबार दिल्ली उच्च अदालतले अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध दायर गरेको याचिका खारेज गरेको थियो । अब केजरीवालले सो आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका हुन् ।

यस मामिलामा तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदिया, सञ्जय सिंहलाई समेत पक्राउ गरिएको थियो । तर, गत हप्ता सर्वोच्च अदालतले राज्यसभा सांसद सञ्जय सिंहलाई जमानतमा रिहा गर्ने आदेश दिएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १२ : ३५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका