चिनियाँ राष्ट्रपति सी र ताइवानका पूर्वनेता माबीच भेटवार्ता | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति सी र ताइवानका पूर्वनेता माबीच भेटवार्ता


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानका पूर्वराष्ट्रपति मा यिङ–जेउबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ ।

‘राष्ट्रपति सीले बेइजिङमा मा नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ,’ चीनको सरकारी प्रसारक सिसिटिभीले आफ्नो समाचारमा जनाएको छ ।

बेइजिङ र ताइपेइमा उनीहरूबीच दुर्लभ भेट भएको छ र यो सन् २०१५ मा सी र माबीच भएको ऐतिहासिक ‘क्रस स्ट्रेट’ शिखर बैठकपछि पहिलो बैठक हो ।

ताइवानलाई आफ्नो भूभाग दाबी गर्ने र स्वशासित टापुलाई आफ्नो नियन्त्रणमा ल्याउन बल प्रयोग गर्न कहिल्यै नछोडेको बेइजिङसँगको तनाव शान्त पार्न पूर्व राष्ट्रपति मा ‘शान्तिको यात्रा’ का लागि अप्रिल १ मा चीन आएका थिए । 

उनले २० जना ताइवानी विद्यार्थीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनका प्रविधि फर्म, विश्वविद्यालय र ऐतिहासिक स्थलको भ्रमण गरेका छन् । माले प्रस्थान गर्नुअघि युवा आदानप्रदानलाई बढावा दिने र बेइजिङसँगको ‘तनाव कम गर्नु र सद्भाव बढाउनु’ भ्रमणको उद्देश्य रहेको बताएका छन् । 

माले कुओमिन्ताङ (केएमटी) पार्टीको प्रतिनिधित्व गर्दै सन् २००८ देखि २०१६ सम्म ताइवानको नेताको रूपमा दुई कार्यकाल सम्हालेका थिए । माले सन् २०१५ मा सिङ्गापुरमा सीसँग ऐतिहासिक शिखर वार्ता गरेका थिए । 

तर सन् २०१६ मा बेइजिङको दाबीलाई अस्वीकार गर्ने उहाँका उत्तराधिकारी साई इङ–वेनको निर्वाचनपछि चीन ताइवानबीचको सम्बन्ध चिसिएको छ ।

गत जनवरीमा चीनप्रति बढी आक्रामक मानिने ताइवानी नेता लाइ चिङ–तेको निर्वाचनले सीमापार सम्बन्धमा थप तनाव आएको छ र बेइजिङले उनलाई ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ३ : १५ बजे

कांग्रेसको निर्णय : रविलाई बोल्न दिने, विपक्षीले सामुहिक प्रतिवाद गर्ने

शुक्रबार बिहान आयोजित का‌ंग्रेस संसदीय दलको बैठक काठमाडौं- नेपाली कांग्रेस

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट

संसदमा सत्तापक्षबाट दुर्व्यवहार भयो : नेविसंघ

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको