१० जनालाई प्रज्ञा पुरस्कार « Khabarhub

१० जनालाई प्रज्ञा पुरस्कार


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० वटा विधामा दश जनालाई प्रज्ञा पुरस्कार प्रदान गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानद्वारा स्थापित प्रज्ञा पुरस्कार प्रदान गरिएको हो । प्रज्ञा अनुवाद पुरस्कार खगेन्द्र संग्रौलालाई, प्रज्ञा दर्शन पुरस्कार मोहन विक्रम सिंहलाई र प्रज्ञा सामाजिकशास्त्र पुरस्कार शान्ता श्रेष्ठलाई प्रदान गरिएको छ ।

त्यस्तै प्रज्ञा संस्कृति लोकवार्ता तथा मौखिक इतिहास पुरस्कारबाट घनश्याम शर्मा पौडेल, प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कारबाट कृष्ण गौतम र प्रज्ञा भाषा पुरस्कार प्रा.डा.देवीप्रसाद गौतमलाई प्रदान गरिएको छ ।

प्रज्ञा साहित्य पुरस्कार पद्यतर्फ बम देवान र गद्यतर्फ राजव, प्रज्ञा बाल साहित्य पुरस्कार गंगा कर्माचार्य, प्रज्ञा अन्तरदेशीय पुरस्कार पदम विश्वकर्मालाई प्रदान गरिएको छ । प्रत्येक वर्ष दिइने यी पुरस्कारहरूको राशि एक लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : ४२ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत