आगलागीबाट १७ लाख बराबर क्षति « Khabarhub

आगलागीबाट १७ लाख बराबर क्षति


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहट, दाङ र सिरहामा आगलागीबाट करिब १७ लाख बराबरको क्षति भएको छ ।

रौतहटकाे मौलापुर नगरपालिका-२ दलित बस्ती बस्ने जगदेव राम लगायत ३ जनाको घरमा बुधबार बिहान आगलागी हुँदा ३ वटै घर पूर्णरुपमा जलेर करिब ५ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

दाङको बबई गाउँपालिका-५ अग्रेली बस्ने भीम बहादुर कुमालको कच्ची घरमा सोलारको तार सर्ट भई बुधबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यसतै, सिरहाकाे कर्जन्हा नगरपालिका-१ रतनपुर बस्ने उद्यव श्रेष्ठको गोठघरमा बुधबार दिउँसो आगलागी हुँदा गोठघर पूर्णरूपमा जलेर करिब ७ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : ५७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया