प्रमुुख पाँच कलाकार समेट्दै ‘पुजार सार्की’को पोस्टर सार्वजनिक « Khabarhub

प्रमुुख पाँच कलाकार समेट्दै ‘पुजार सार्की’को पोस्टर सार्वजनिक


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुख्य भूमिकामा रहेका पाँच कलाकारलाई समेटेर चलचित्र ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

यसअघि सार्वजनिक गरिएका पोस्टरहरूमा तीन नायकहरु अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई मात्रै थिए । नयाँ पोस्टरमा भने अञ्जना बराइली र परीक्षा लिम्बुलाई पनि स्थान दिइएको छ ।

नयाँ पोस्टरमा सबै कलाकारहरू आफ्नो चरित्रमा देखिएका छन् । पोस्टरको बिच भागमा आर्यन स्थान दिइएको छ । प्रदीपले कट्टु लगाएका छन् भने पलले बन्दुक बोकेका छन्। अभिनेत्री लिम्बु दुई चुल्ठी बाटेकी छन् भने बराइली जिम्मेवार गृहणीको भेषमा देखिएको महसुस हुन्छ ।

जेठ १० बाट प्रदर्शनमा आउने यस चलचित्रमा यी पाँच मुख्य कलाकार बाहेक मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको निर्माण पक्षले जनाएको छ ।

यही शुक्रबार टिजर सार्वजनिक गर्ने तयारी रहेको निर्देशक दिनेश राउत जानकारी दिएका छन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यस चलचित्रको लेखक विकास सुवेदी हुन् भने सुवास भुसालको लगानी रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ९ : ३८ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले