कारिन्दा नियुक्त गर्न उपसभामुखमाथि अभियोग : लिङ्देन « Khabarhub

कारिन्दा नियुक्त गर्न उपसभामुखमाथि अभियोग : लिङ्देन


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपसभामुख इन्दिरा रानामगरविरुद्ध आचरणसम्बन्धी अभियोग प्रस्तावको विरोध गरेका छन्‌ ।

सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)ले उपसभामुख हटाउन हस्ताक्षर सङ्कलन थालेपछि लिङ्देनले सो कदमको विरोध गरेका हुन्‌ ।

मङ्गलबार बेलुकी सामाजिक सञ्‍जाल फेसबुकमा स्टाटस लेख्दै लिङ्देनले संवैधानिक अङ्गहरूमा आफ्ना कारिन्दाहरू नियुक्ति गर्न र संवैधानिक परिषदमाआफ्नो बहुमत नपुग्ने भएपछि वर्तमान सरकारले उपसभामुखलाई आचरण अभियोग लगाउने कुरा सर्वथा अनुचित भएको लेखेका हुन्‌ ।

१०० पटक आचरणसम्बन्धी अभियोग लगाए पनि कम हुनेहरूले आचरणको नाटक मञ्चनको तयारी गर्नु हास्यास्पद भएको पनि लिङ्देनले तर्क गरेका छन्‌ ।

उपसभामुख सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँचजना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन् । सत्तारुढ दलहरूले यसैलाई आधार बनाएर उनलाई हटाउने तयारी गरेका हुन् ।

खासगरी प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदमा बहुमतमा नभएका कारण उपसभामुखलाई हटाउन खोजेका हुन् ।

संवैधानिक परिषदमा बहुमतले निर्णय गरिन्छ । अहिले प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

जसमा सदस्यहहरूमध्ये प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा छन् ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले यसअघि उपसभामुखविरुद्ध प्रतिनिधि सभामा लैजान खोजिएको ‘पद अनुकूल आचरण नगरेको’ प्रस्ताव प्रयासको विरोध गरिसकेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ११ : ०९ बजे

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले