आरुघाट–आर्खेत–लार्के सडकखण्ड डेढ महिनादेखि अवरुद्ध « Khabarhub

आरुघाट–आर्खेत–लार्के सडकखण्ड डेढ महिनादेखि अवरुद्ध


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखा जोड्ने एकमात्र आरुघाट–आर्खेत–लार्केभञ्ज्याङ सडकखण्ड झण्डै डेढ महिनादेखि अवरुद्ध भएको छ ।

गत साउन दोस्रो साता परेको अविरल वर्षाले धार्चे गाउँपालिका–७ स्थित खानीबेंसी खोलामा आएको भीषण बाढीले अवरुद्ध भएको सडक अझै सञ्चालन हुन नसकेको हो ।

आर्खेतदेखि माछीखोलासम्म दुई ठाउँमा ठूलो पहिरो र बाढीले सडकमा क्षति पुगेको थियो । धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकासम्म पुग्ने सो सडकखण्डकमा बाढी र पहिरोले क्षति पुर्‍याउँदा त्यस क्षेत्रका स्थानीयलाई आवतजावत गर्न समस्या परेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए ।

‘सडक अबरुद्ध भएपछि पैदल यात्रीलगायत उत्तरी भेगका बासिन्दा तथा आन्तरिक र बाह्य पर्यटकसमेतलाई ओहोरदोहोरमा समस्या भएको छ’, उनले भने, ‘खानीबेंसी खोलामा आएको बाढीले मुख्य सडक बगाएपछि उत्तरी गोरखामा पुगेका सवारीसाधन खानीबेंसीबाट उतै रोकिएर बसेको पनि डेढ महिनाबढी भइसक्यो ।’

खानीबेंसी खोलाको बाढीले ५० मिटर बाटो अवरुद्ध भएको छ । उत्तरी गोरखा जोड्ने मुख्य सडक भएकाले अवरुद्ध सडक खुलाउनका लागि पहिरो माथिबाट अस्थायी सडक निर्माण गर्न खोजिएको भए पनि भौगोलिक जटिलता, कडा चट्टान र भिर भएकाले अहिलेसम्म सडक सञ्चालनमा ल्याउन नसकिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  १० : ०७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको