कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरी नियन्त्रणमा « Khabarhub

कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरी नियन्त्रणमा


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो कार्यकालमा अघि बढाइएका कार्यक्रम कटौती गरेको भन्दै कार्कीले आज (मङ्गलबार) दिउँसो ४ बजेदेखि आमरण अनशन थालेका थिए ।

निषेधित क्षेत्र तोकिएको प्रदेश सभा भवन अगाडिबाटै कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गर्न खोजिएपछि कार्कीका समर्थक र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले लाठीचार्ज नै गरेको हो ।

कार्कीसँगै उनका केही समर्थकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । कार्कीलाई उनकै सरकारका कानुनी मन्त्री शम्शेर राईले पनि अनशनमा साथ दिएका थिए ।

प्रदेश सभा बैठक चलिरहेको अवस्थामा उनी ९ बुँदे माग राख्दै आमरण अनशन बसेका थिए । सरकारले माग पूरा नगरेसम्म अनशन जारी रहने कार्कीले बताएका थिए ।

कार्कीले घोषणा गरेको आमरण अनशनस्थललाई जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ९ : ०२ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य