आज २०८१ साल वैशाख २८ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख २८ गते शुक्रबारको राशिफल


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


17.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार सन् २०२४ मे १० तारिख। वैशाख शुल्क पक्षको अक्षय तृतीया, परशुराम जयन्ती। महिला ज्योतिष संघ स्थापना दिवस परेका छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : मनमा उत्साह बढ्नेछ। आम्दानी हुने दिन छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर रहनेछ।

वृष : समाजले साथ दिने योग छ। धन जोगाउन कठिन हुनसक्छ। शक्तिशाली ग्रह खराब स्थानमा रहेकाले खर्च बढ्ने देखिन्छ। परिवारको साथ मिल्नेछ। जुनसुकै काम गर्नु अगाडि परिवारसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ।

मिथुन : निर्णय क्षमता कमजोर हुँदा काममा अलमल हुने देखिन्छ। लगानी र श्रम गर्न हिम्मत गरे अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारबाट सकारात्मक सहयोग प्राप्त हुनेछ।

कर्कट : हरेक क्षेत्र विवादित रहेकाले व्यवहार गर्नुअघि सचेत हुनुपर्ने देखिन्छ। झुटा आरोप लाग्ने जोखिम देखिन्छ। यसले गर्दा तनाव बढ्नसक्छ। अढैया शनिदेवका कारण मन शान्त नहुने हुन्छ। पिपलको दर्शन मात्र गरेमा धेरै समस्याको समाधान हुनेछ।

सिंह : संघर्ष गरेर सफलता प्राप्त गर्ने दिन हो। शिक्षाको क्षेत्रमा मेहनत आवश्यक छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब हुनेछ। श्रमको उचित मूल्यंकन हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। काममा जाँगर बढ्ने देखिन्छ। स्वास्थ्य क्षेत्रमा लगानी गरेको भए सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। पूर्वको लामो यात्रामा नगर्नु राम्रो हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ।

तुला : वादविवाद वा तर्क गर्नुपर्ने ठाउँमा तपाईं सफल बन्नुहुनेछ। सम्पत्ति गुम्ने जोखिम भएकाले निजी कारोबार नगर्नु राम्रो हुन्छ। परिवारसँग मिलेर गरेको लगानीबाट भने उन्नति हुनेछ।

वृश्चिक : दिन रमाइलो छ। नयाँ साथी र नयाँ ठाउँको भ्रमणले मन खुशी हुनेछ। खुट्टा तान्ने साथीहरु शान्त रहनेछन्। लगानीको क्षेत्रबाट लाभ प्राप्त हुनेछ। परिवारसँग सल्लाह गरेर काम गर्नु राम्रो हुनेछ।

धनु : शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने देखिन्छ। वैदेशिक क्षेत्रको लगानी खराब व्यक्तिको हातमा पुग्ने जोखिम हुनसक्छ। आर्थिक कारोबार गर्दा सचेत हुनु राम्रो हुन्छ। सामाजिक क्षेत्र र परिवारबाट सहयोग पुग्नेछ।

मकर : सोचेका काममा अवरोध हुनसक्छ। झुटा आरोपको सामना गर्नुका साथै विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ। दिउँसो प्राप्त भएको राम्रो सन्देशले मन खुशी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आफन्तले नै तपाईंको विरोध गर्ने दिन छ। लगानी गर्नुअघि सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ। अपरिचित मानिसको साथ र सहयोग प्राप्त हुनसक्छ।

मीन : आफ्नो क्षमता बुझेर काम गर्नु राम्रो हुन्छ। अचानक रिस उठ्दा आइपरेको समस्याको समाधान आफैंले गर्नुपर्ने हुनसक्छ। शनिको प्रभावले देखिएको रिस र उदासपनलाई रोक्न आफैं सक्रिय हुनुपर्नेछ। अरुको प्रभावमा नपरी गरेको काम सफल बन्नेछ। परिवारको सहयोग आवश्यक देखिन्छ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ६ : ०२ बजे

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो

चितवन– सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि

पूर्वाधारमा बालेनका वनचा : झापा–५ का अधुरा योजना डेडलाइन तोकेरै सम्पन्न गर्ने 

काठमाडौं- झापा–५ का उम्मेदवार बालेन्द्र शाहले त्यस क्षेत्रका अधुरा योजना

काठमाडौं-५ का कांग्रेस उम्मेद्वार पौडेलको प्रतिबद्धता : मेडिकल हबदेखि डिजिटल इनोभेसन हबसम्म 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा

चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए

दोलखा– नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका

धादिङ बस दुर्घटना : घाइते २२ जनाको काठमाडौंमा उपचार

काठमाडौं – पोखराबाट काठमाडौं आउँदै गर्दा धादिङमा दुर्घटना भएको ग