कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज | Khabarhub Khabarhub

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि  सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । 

प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ ९२० ९३० बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति सरकार गठनको आव्हान गरेर बिहिबार दाबी पेश गरेका एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्ति समेत गरिसकेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ९ : ५० बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले