अक्षय तृतीयाको दिन डोलेश्वरमा बिहानैदेखि भीड « Khabarhub

अक्षय तृतीयाको दिन डोलेश्वरमा बिहानैदेखि भीड


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

भक्तपुरसिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा  आज बिहानैदेखि दर्शनार्थीका भीड लागेको छ । आज अक्षय तृतीया भएकाले अन्य दिनको तुलनामा दर्शनार्थी बढेका हुन् । 

आज बिहान ४ बजेदेखि मन्दिरको चारवटै ढोका खुला गरी दर्शनार्थीलाई मन्दिरको गर्भगृहमै प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव हरिशरण बस्नेतले जानकारी दिए।

डोलेश्वर महादेव मन्दिरमा अन्य दिनमा बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भए पनि केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको दिन भदौ ६ गते, शिवरात्रि र अक्षय तृतीया गरी वर्षमा तीन दिन भने मन्दिरभित्रै प्रवेश गरी पूजा गर्न पाउने व्यवस्था गरिएको सचिव बस्नेतले बताए । 

मेला व्यवस्थापन गर्न प्रहरीसहित स्वयंसेवक परिचालन भएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ९ : ५९ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक