अक्षय तृतीयाको दिन डोलेश्वरमा बिहानैदेखि भीड « Khabarhub

अक्षय तृतीयाको दिन डोलेश्वरमा बिहानैदेखि भीड


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

भक्तपुरसिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा  आज बिहानैदेखि दर्शनार्थीका भीड लागेको छ । आज अक्षय तृतीया भएकाले अन्य दिनको तुलनामा दर्शनार्थी बढेका हुन् । 

आज बिहान ४ बजेदेखि मन्दिरको चारवटै ढोका खुला गरी दर्शनार्थीलाई मन्दिरको गर्भगृहमै प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव हरिशरण बस्नेतले जानकारी दिए।

डोलेश्वर महादेव मन्दिरमा अन्य दिनमा बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भए पनि केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको दिन भदौ ६ गते, शिवरात्रि र अक्षय तृतीया गरी वर्षमा तीन दिन भने मन्दिरभित्रै प्रवेश गरी पूजा गर्न पाउने व्यवस्था गरिएको सचिव बस्नेतले बताए । 

मेला व्यवस्थापन गर्न प्रहरीसहित स्वयंसेवक परिचालन भएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ९ : ५९ बजे

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।