एयर इन्डिया एक्सप्रेसका कर्मचारीको हडताल सकियो, केबिन चालक दल काममा फर्किने « Khabarhub

एयर इन्डिया एक्सप्रेसका कर्मचारीको हडताल सकियो, केबिन चालक दल काममा फर्किने


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– उडान तालिकामा दुई दिनको गम्भीर अवरोधपछि विमान सेवाका कर्मचारीको हडताल समाप्त भएको एयर इन्डियाले जनाएको छ ।   

ऋणमा डुबेपछि उक्त एयरलाइन्सलाई निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय टाटा समूहले एयरलाइन्सको स्वामित्व आफूले लिएको थियो । 

मिडिया रिपोर्टका अनुसार टाटा समूहले कर्मचारीको भर्ती र पदोन्नति जस्ता विषयमा नयाँ नीतिहरू सार्वजनिक गरेसँगै कर्मचारीले त्यसको विरोध गरेका थिए । 

एयर इन्डिया एक्सप्रेसका दर्जनौँ केबिन क्रू कर्मचारीहरू मङ्गलबार रातिदेखि बिरामी परेको भन्दै काममा आएका थिएनन् । जसले गर्दा एयरलाइन्स कम्तिमा एक सय ७५ वटा उडानहरू ढिलाइ तथा रद्द गर्नु परेको थियो । 

बिहीबार जारी विज्ञप्तिमा एयरलाइन्सका प्रवक्ताले कर्मचारीसँगको बैठकपछि समय तालिकालाई जतिसक्दो चाँडो लयमा फर्काउन काम गरिरहेको जनाइएको छ ।  

विज्ञप्तिमा अनपेक्षित अवरोधहरूबाट सेवाग्राहीमा पुगेको असुविधाप्रति क्षमा मागिएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार एयरलाइन्सले बर्खास्त गरेका कम्तीमा २० जना हडताली कर्मचारीलाई पुनः काममा फर्काइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १२ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको