अवैध बाटोबाट अमेरिका पठाउन करोडौं ठगी, गिरोहका तीनजना पक्राउ « Khabarhub

अवैध बाटोबाट अमेरिका पठाउन करोडौं ठगी, गिरोहका तीनजना पक्राउ


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले अवैध बाटो प्रयोग गरी अमेरिका र क्यानडा पुर्‍याउने भन्दै विभिन्न व्यक्तिहरूबाट ५ करोड ५० लाख रुपैयाँ ठगी गर्ने गिरोहका तीनजनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै ठगीमा संलग्न गिरोहका तीनजनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पा छन् । ङिमवुटी शेर्पाले श्रीमान् दावा शेर्पा र टासी शेर्पाले आफ्ना छोरोलाई अवैध बाटो प्रयोग गरी अमेरिका पठाएको खुलेको छ ।

अरुलाई पनि अवैध बाटोबाट अमेरिका पठाउने भन्दै प्रलोभन देखाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए ।

सिन्धुपाल्चोक घर भएका अरूण तामाङसमेत १० जनाबाट ठगीसम्बन्धी कसुरमा जाहेरी आएपछि अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस गिरोहले करिब १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरूमा अहिले पनि बन्धक बनाए राखेको खुलेको छ । उनीहरूबाट करिब ७ करोड ५० लाख लिइसकेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : २१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार