अवैध बाटोबाट अमेरिका पठाउन करोडौं ठगी, गिरोहका तीनजना पक्राउ | Khabarhub Khabarhub

अवैध बाटोबाट अमेरिका पठाउन करोडौं ठगी, गिरोहका तीनजना पक्राउ


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले अवैध बाटो प्रयोग गरी अमेरिका र क्यानडा पुर्‍याउने भन्दै विभिन्न व्यक्तिहरूबाट ५ करोड ५० लाख रुपैयाँ ठगी गर्ने गिरोहका तीनजनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै ठगीमा संलग्न गिरोहका तीनजनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पा छन् । ङिमवुटी शेर्पाले श्रीमान् दावा शेर्पा र टासी शेर्पाले आफ्ना छोरोलाई अवैध बाटो प्रयोग गरी अमेरिका पठाएको खुलेको छ ।

अरुलाई पनि अवैध बाटोबाट अमेरिका पठाउने भन्दै प्रलोभन देखाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए ।

सिन्धुपाल्चोक घर भएका अरूण तामाङसमेत १० जनाबाट ठगीसम्बन्धी कसुरमा जाहेरी आएपछि अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस गिरोहले करिब १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरूमा अहिले पनि बन्धक बनाए राखेको खुलेको छ । उनीहरूबाट करिब ७ करोड ५० लाख लिइसकेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : २१ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका