स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देही सियार गाउँपालिका-७ घर भएका २८ वर्षीय समिर सुना र सोही ठाउँका २९ वर्षीय मिलन विक रहेका छन् ।

उनीहरूलाई काठमाडौं महानगरपालिका-५ मालिगाउँ क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूको साथबाट प्रहरीले ९८ लाख रुपैयाँ स्रोत नखुलेको नगद बरामद गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

बा१३ च ४८५८ नम्बरको इको स्पोर्ट गाडीमा सवार उनीहरूको साथबाट नगद बरामद भएको रेग्मीले बताए । दुबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : २६ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा