उपेन्द्र यादवको तर्क- अब पार्टी फुट्ने पालो माओवादीको | Khabarhub Khabarhub

उपेन्द्र यादवको तर्क- अब पार्टी फुट्ने पालो माओवादीको


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अब पार्टी फुट्ने पालो नेकपा माओवादी केन्द्रको भएको बताएका छन् ।

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै यादवले माओवादीले नै आफ्नो पार्टी फुटाएको आरोप लगाउँदै अव फुटको सिकार माओवादी नै हुने बताएका हुन् ।

पार्टी फुटाउने नेताहरूलाई मागे जति दिएर पनि सन्तुष्ट बनाउन नसकेको टिप्पणी गर्दै उनले उनीहरूको गन्तव्य माओवादी र एमाले नै भएको जिकिर गरे । पार्टी फुटाएको विषयलाई लिएर सर्वोच्चमा न्यायका लागि जाने उनको भनाइ छ ।

नयाँ पार्टीको नाम, झण्डा, लोगो एउटै भएको अवस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोली पल्ट पार्टी दर्ता गरेको निर्वाचन आयोगलाई सोध्दा दबाबमा परेको भन्दै सर्वोच्च जान आयोगले नै सुझाव दिएको उनले बताए । उनले पार्टी फुटले सरकारलाई कुनै असर नगर्ने पनि बताए।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : ५० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग