कांग्रेसले मागेको छानबिन समिति होइन, सरकार हो : एमाले  « Khabarhub

कांग्रेसले मागेको छानबिन समिति होइन, सरकार हो : एमाले 

‘अध्यादेश बाट बजेट ल्याउने बाटो कांग्रेसले दिदैँन भन्ने लाग्छ’ 


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानबिन समिति नभई सरकार मागेको आरोप लगाएका छन् ।

शुक्रबार बजेट अधिवेशनको पहिलो दिन कांग्रेसले संसद् अवरोध अवरोधपछि चल्न पाएन ।

त्यसपछि खबरहबसँग कुरा गर्दै बर्तौलाले भने, ‘कांग्रेसले छानबिन समिति मागेको होइन । यसको कारण देखाएर सरकार मागेको हो । हामी अहिले सरकार कांग्रेसलाई दिन सक्दैनौँ ।’

उनले जेठ १ गतेबाट संसद् बिनाअवरोध सुरु हुने समेत बताए । यदि त्यसपछि पनि कांग्रेसले अवरोध गरे विकल्पहरू पनि भएको दाबी गरे ।

विकल्प भनेको अध्यादेशबाट बजेट ल्याउने हो भन्ने खबरहबको प्रश्नमा बर्तौलाले भने, ‘मिलाएर जाने कोशिस रहन्छ । बिनातुक अवरोध भने केही त होला नि । अध्यादेशको बाटो कांग्रेस जस्तो लोकतान्त्रिक दलले दिँदैन भन्ने लाग्छ ।’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : ५६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको