ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु | Khabarhub Khabarhub

ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नवलपरासी पश्चिम– पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटनामा परी एक  जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

सुस्ता गाउँपालिका-३ बिगेटस्थित भित्री सडकखण्डमा कुडियाबाट रतनगन्जतर्फ जाँदै गरेको लु३त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टँदा सुस्ता गाउँपालिका-५ का १३ वर्षका रोहित कंकरको मृत्यु भएको हो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कंकरको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सुस्ता गाउँपालिका-४ नर्सहीका बस्ने २१ वर्षका सुकई मल्लाह घाइते भएका छन् । घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : १३ बजे

थाईल्यान्डमा ‘काजिकी’ तुफानको कहरः पाँच जनाको मृत्यु, सयौं प्रभावित

ब्याङ्कक – थाईल्यान्डको उत्तरी क्षेत्रमा आएको तुफान ‘काजिकी’ ले पहिरो

इनरूवाका वडाध्यक्ष थापाविरुद्ध पक्राउ पुर्जी

सुनसरी– सुनसरीको सदरमुकास्थित इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष

राजेश अहिराज थुनामै रहने, उच्चद्वारा जिल्लाको आदेश सदर

काठमाडौँ– आफ्नै घरमा राखिएकी सहयोग महिलालाई बलात्कार गरेको आरोपमा जेल सजाय

एमालेलाई चौतारीको सुझाव- राष्ट्रपति भइसकेकालाई राजनीतिमा रोक्न संविधानमै व्यवस्था गरौँ

काठमाडौ- प्रमुख सत्तारुढ नेकपा (एमाले) निकट पत्रकारहरूको संगठन प्रेस चौतारी

कैलालीको खुटिया नदीमा पौडी खेल्दा डुबेर एकसाथ चार किशोरले गुमाए ज्यान

धनगढी– कैलालीको खुटिया नदीमा पौडी खेल्न गएका चारजना साथीको एकै