गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाब इजराइलद्वारा अस्वीकार « Khabarhub

गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाब इजराइलद्वारा अस्वीकार


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

तेल अभिव – गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गर्दै प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले ‘बाध्य’ पारिए इजराइल हमासविरुद्धको युद्धमा ‘एक्लै खडा’ हुने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी गाजा सहर रफाहमा इजराइलले लामो समयदेखि गरेको आक्रमणका लागि अमेरिकाले आक्रामक हतियार उपलब्ध नगर्ने बताएपछि नेतान्याहुले यस्तो टिप्पणी गरेका हुन् ।

“एक मात्र यहुदी राज्य इजराइलको प्रधानमन्त्रीका रूपमा म आज यहाँ जेरुसेलमबाट यहुदी नरसंहार स्मरण दिवसमा प्रतिज्ञा गर्दछु, यदि इजराइल एक्लै खडा हुन बाध्य भयो भने इजराइल एक्लै खडा हुनेछ”, नेतान्याहूले भने, “तर हामीलाई थाहा छ कि हामी एक्लो छैनौँ, संसारभरका सभ्य मानिसहरूले न्यायपूर्ण उद्देश्यलाई समर्थन गर्छन्, हामी हाम्रा नरसंहारक दुश्मनहरूलाई हराउने छौँ ।”

उनले ८० वर्षअघि यहुदीहरू रक्षाविहीन हुँदा कुनै पनि राष्ट्र उनीहरूको सहायताका लागि नआएको बताए ।

“आजभन्दा ८० वर्षअघि यहुदी नरसंहारमा हाम्रो विनाश खोज्नेहरूविरुद्ध यहुदी जनता पूर्णरूपमा रक्षाविहीन हुँदा कुनै पनि राष्ट्र हाम्रो सहयोगमा आएनन्”, मुलुकको वार्षिक यहुदी नरसंहार स्मृति दिवसलाई सम्बोधन गर्दै उनले भने, “आज हामी पुनः हाम्रो विनाशमा आएका दुश्मनहरूको सामना गरिरहेका छौँ, म विश्वका नेतालाई भन्छु कुनै पनि दबाब र कुनै पनि अन्तर्राष्ट्रिय मञ्चको कुनै पनि निर्णयले इजराइललाई आफ्नो रक्षा गर्न रोक्न सक्तैन ।”

नेतान्याहुले एक्लै खडा हुनुपरे एक्लै खडा हुने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक भएमा आफ्नै बलबुताले लड्ने बताए । योम हासोह त्यस्तो दिन हो जुन दिन इजराइलले नाजी जर्मनी र यसका सहयोगीहरूद्वारा यहुदी नरसंहारमा मारिएका ६० लाख यहुदीको स्मृतिका रूपमा मनाउँछ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजामा द्वन्द्वको बीजारोपण भएको थियो । हमासको आक्रमणमा करिब दुई हजार पाँच सय लडाकूले गाजा पट्टीबाट इजराइलको सीमा पार गरेर सर्वसाधारणको हत्या गरेका थिए भने केहीलाई बन्धकसमेत बनाएका थिए ।

त्यसयता नै इजराइलले गाजा आक्रमणलाई नागरिक हताहत कम गर्ने प्रयास गर्दै हमास समूहलाई उन्मूलन गर्ने लक्ष्यका साथ हमासको पूर्वाधारलाई लक्षित गरेको बताएको छ ।

मे ५ मा हमासले रफाह सीमा क्रसिङ क्षेत्रबाट र विस्थापित प्यालेस्टिनीहरूले तम्बुमा शरण लिइरहेका क्षेत्र नजिकैबाट रकेट प्रहार गरेको थियो । हमासको आक्रमणले केरेम शालोम सीमा क्रसिङलाई लक्षित गरी चार सैनिकको ज्यान लियो ।

सबै गाजा सीमा क्रसिङमध्ये केरेम शालोम सबैभन्दा धेरै मानवीय सहायता ट्रकहरू ह्यान्डल गर्न सुसज्जित भए पनि आक्रमण भएदेखि क्रसिङ बन्द गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : १४ बजे

आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाउन नहुने इरानको धारणा

तेहरान – इरानले शनिबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को एक

चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चार हजार दुई सय

३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी जिल्ला अधिवेशनअन्तर्गत आज

आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री

पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू) 

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा