ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते « Khabarhub

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सुस्ता पश्चिम – पश्चिम नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सुस्ता गाउँपालिका–५ तरैनीका १३ वर्षीय गोलु (राहित) कँकर रहेका छन् ।

सुस्ता–३ स्थित विगैपको भित्री सडकखण्ड कुडियादेखि रतनगञ्ज जाँदै गरेको लु ३ त २८४ नं को ट्याक्टर आँफै अनियन्त्रित भई पल्टिदा कँकरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

घाइते भएका कँकरलाई उपचारका लागि जिल्लास्थित पृथ्वी चन्द्र अस्पतालमा पु-याएपछि चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बोहराले बताए ।

यसैगरी ट्याक्टर दुर्घटनामा सुस्ता–४ नर्सहीका २१ वर्षीय सुकई मल्लाह गम्भीर घाइते भएका छन् । उनलाई जिल्ला अस्पतालबाट रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ९ : २१ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको