आगामी बजेट दलितमैत्री बनाउन माग « Khabarhub

आगामी बजेट दलितमैत्री बनाउन माग


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले आगामी आर्थिक वर्षको बजेट दलितमैत्री बनाउन आग्रह गरेका छन् ।

नेताहरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रधानमन्त्रीसँग भेट गरी त्यस्तो आग्रह गरेका हुन् ।

त्यसक्रममा उनीहरूले दलित समुदायको हकहित संरक्षणका लागि बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने माग मागपत्रसमेत हस्तान्तरण गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गर्ने दलित समुदायका नेता, नेपाल दलित मुक्ति मोर्चा र सांसदहरूका तर्फबाट मागपत्र बुझ्दै प्रधानमन्त्री दाहालले दलितमैत्री बजेट, नीति तथा कार्यक्रम बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको सांसद रणेन्द्र बरालीले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : १३ बजे

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा