हिंसा चर्किएपछि भारतको मणिपुरमा इन्टरनेट नै बन्द « Khabarhub

हिंसा चर्किएपछि भारतको मणिपुरमा इन्टरनेट नै बन्द


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – जातीय झडपले उग्ररूप लिइरहँदा भारतको मणिपुर राज्य सरकारले इन्टरनेट प्रतिबन्ध लगाएको छ । मङ्गलबार एक आदेश जारी गर्दै राज्य सरकारले आगामी पाँच दिनसम्म इन्टरनेट सेवा प्रयोगमा अस्थायी रोक लगाइदिएको हो ।

मणिपुरमा हिन्दु मेइतेई बहुमत र मुख्यतया इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि झडप भइरहेको छ । सो झडप रोक्न र त्यहाँको खराब अवस्था सार्वजनिक हुन नदिन राज्य सरकारले इन्टरनेटमाथि प्रतिबन्ध लगाइएको राज्य सरकारले जनाएको छ ।

मेइतेई बहुल इम्फाल इष्ट, इम्फाल वेष्ट र थौबल जिल्लामा मङ्गलबार विहान ११ बजेदेखि कर्फ्यू पनि लगाइएको छ । सो राज्यमा १० दिन अघिदेखि नयाँ चरणको हिंसा भड्किएको छ । विद्यार्थीहरूले प्रदेश राजधानी इम्फाल र आसपासका क्षेत्रमा सडक प्रदर्शन गरिरहेका छन्‌ ।

विद्यार्थीहरूले राज्यका प्रहरी प्रमुखलाई बर्खास्त गर्नुपर्ने माग राख्दै विरोध र्‍याली निकालेका थिए । सो क्रममा सुरक्षाबलसँग भएको झडपमा मंगलबारमात्रै १०० भन्दा बढी विद्यार्थीहरू घाइते भएका छन्‌ ।

तनाव बढेपछि मणिपुर सरकारको गृह विभागले मङ्गलबार दिउँसो ३ बजेदेखि सेप्टेम्बर १५ को दिउँसो २ बजेसम्मका लागि लीज लाइन, भीस्याट, ब्रोडब्याण्ड र भीपीएन सेवासहित इन्टरनेट र मोबाइल डाटा सेवा रोक्न/अस्थायी निलम्बन गर्न आदेश जारी गरेको हो ।

गृह विभागले सो आदेशमा ‘केही असामाजिक तत्वद्वारा जनता भड्काउन सामाजिक सञ्‍जालको दूरुपयोग गरी फोटो, अभद्र भाषा र घृणास्पद भिडियो सामग्री फैलाएकाले इन्टरनेट बन्द गर्ने फैसला लिएको’ जनाएको छ ।

केही महिनाको सामान्य शान्तिपछि दुई समुदायबीच फेरि शत्रुता बढेपछि झडपमा गत हप्ता कम्तीमा ११ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरूले प्रहरीसँग हतियार खोसी गोली हानेको विज्ञप्तिमा उल्लेख छ । मणिपुरको स्थानीय सरकारले अर्को आदेश नआउन्जेल पूर्ण कर्फ्युको घोषणा गरेको छ ।

प्रदर्शनकारीहरूले गत हप्ता ‘इम्प्रोभाइज्ड’ प्रक्षेप्य हतियार र ड्रोन आक्रमण गरेको आरोपमा कारबाहीको माग गरेपछि प्रहरीले मणिपुरमा हिंसाको वृद्धि भएको प्रहरीले जनाएको छ ।

मेइतेई र कुकी समुदायहरू बिच लामो समयदेखि चलिरहेको द्धन्द्ध भूमि तथा सार्वजनिक रोजगारीको प्रतिस्पर्धाको विषयमा केन्द्रित छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ८ : ०५ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।