टी–२० विश्वकप : भारतको संघर्षपूर्ण जित, पाकिस्तानको लगातार दोस्रो हार « Khabarhub

टी–२० विश्वकप : भारतको संघर्षपूर्ण जित, पाकिस्तानको लगातार दोस्रो हार


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आईसिसी टी–२० विश्वकपमा भारतले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै भारतले दोस्रो जित निकालेको हो ।

भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । ४४ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे । त्यस्तै बाबर आजम, फकर जमान, उसवान खानले समान १३ रन बनाए । सादव खान चार रनमा आउट हुँदा इफ्तिखार अहमदले पाँच रन मात्र बनाउन सके ।

भारतका लागि जसप्रित बुमराहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १४ रन खर्चिए । त्यस्तै हार्दिक पाण्डेयाले दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १९ ओभरमा अलआउट हुँदै ११९ रन बनाएका थियो ।

भारतका लागि विकेट किपर ब्याट्सम्यान ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गरेका पन्तले सात चौका प्रहार गरेका थिए ।

त्यस्तै ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीको ब्याटिङ भने चल्न सकेन । कोहली केबल ४ रनमा आउट हुँदा रोहितले पनि १३ रन मात्रै जोड्न सके ।

अक्षर पटेल १८ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाएर आउट भए ।त्यस्तै सुर्यकुमार यादव ७, शिवम दुवे ३, र रविन्द्र जडेजा शुन्य रनमा आउट भए ।

पाकिस्तानका लागि नसिम शाह र हरिस रउफले तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका शाहले २१ रन खर्चिएका थिए । त्यस्तै मोहम्मद अमिरको नाममा दुई विकेट रहँदा साहीनशाह अफ्रिदिले एक विकेट लिए ।

जितसँगै भारत समूह एको शीर्ष स्थानमा उक्लिएको छ । भने लगातार दुई खेल हारेको पाकिस्तान चौथो स्थानमा छ । यो समूहको दोस्रो स्थानमा अमेरिका, तेस्रो क्यानडा र पाँचौंमा आयरल्याण्ड छन् ।

हारसँगै पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना कमजोर भएको छ । बाँकी दुई खेल नै जिते पनि पाकिस्तानलाई अर्को चरणमा पुग्न अन्य टोलीको प्रदर्शनमा निर्भर हुनुपर्ने छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १ : २६ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई