टी–२० विश्वकप : भारतको संघर्षपूर्ण जित, पाकिस्तानको लगातार दोस्रो हार « Khabarhub

टी–२० विश्वकप : भारतको संघर्षपूर्ण जित, पाकिस्तानको लगातार दोस्रो हार


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आईसिसी टी–२० विश्वकपमा भारतले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै भारतले दोस्रो जित निकालेको हो ।

भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । ४४ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे । त्यस्तै बाबर आजम, फकर जमान, उसवान खानले समान १३ रन बनाए । सादव खान चार रनमा आउट हुँदा इफ्तिखार अहमदले पाँच रन मात्र बनाउन सके ।

भारतका लागि जसप्रित बुमराहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १४ रन खर्चिए । त्यस्तै हार्दिक पाण्डेयाले दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १९ ओभरमा अलआउट हुँदै ११९ रन बनाएका थियो ।

भारतका लागि विकेट किपर ब्याट्सम्यान ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गरेका पन्तले सात चौका प्रहार गरेका थिए ।

त्यस्तै ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीको ब्याटिङ भने चल्न सकेन । कोहली केबल ४ रनमा आउट हुँदा रोहितले पनि १३ रन मात्रै जोड्न सके ।

अक्षर पटेल १८ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाएर आउट भए ।त्यस्तै सुर्यकुमार यादव ७, शिवम दुवे ३, र रविन्द्र जडेजा शुन्य रनमा आउट भए ।

पाकिस्तानका लागि नसिम शाह र हरिस रउफले तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका शाहले २१ रन खर्चिएका थिए । त्यस्तै मोहम्मद अमिरको नाममा दुई विकेट रहँदा साहीनशाह अफ्रिदिले एक विकेट लिए ।

जितसँगै भारत समूह एको शीर्ष स्थानमा उक्लिएको छ । भने लगातार दुई खेल हारेको पाकिस्तान चौथो स्थानमा छ । यो समूहको दोस्रो स्थानमा अमेरिका, तेस्रो क्यानडा र पाँचौंमा आयरल्याण्ड छन् ।

हारसँगै पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना कमजोर भएको छ । बाँकी दुई खेल नै जिते पनि पाकिस्तानलाई अर्को चरणमा पुग्न अन्य टोलीको प्रदर्शनमा निर्भर हुनुपर्ने छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १ : २६ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको