सार्वजनिक लेखासहित चार समितिको बैठक बस्दै « Khabarhub

सार्वजनिक लेखासहित चार समितिको बैठक बस्दै


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदका चारवटा समितिको बैठक आज बस्दैछ । सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाािणज्य र श्रम तथा उपभोक्ता हित समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।

सर्वाजनिक लेखा समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकको कार्यसूचीबारे संसद सचिवालयले केही उल्लेख गरेको छैन ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीका सम्बन्धमा छलफल हुने उल्लेख छ ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।

संसद सचिवालयकाअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिका सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ६ : ५७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया