सार्वजनिक लेखासहित चार समितिको बैठक बस्दै « Khabarhub

सार्वजनिक लेखासहित चार समितिको बैठक बस्दै


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदका चारवटा समितिको बैठक आज बस्दैछ । सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाािणज्य र श्रम तथा उपभोक्ता हित समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।

सर्वाजनिक लेखा समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकको कार्यसूचीबारे संसद सचिवालयले केही उल्लेख गरेको छैन ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीका सम्बन्धमा छलफल हुने उल्लेख छ ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।

संसद सचिवालयकाअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिका सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ६ : ५७ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण