दिल्लीमा प्रधानमन्त्री प्रचण्ड र मोदीको भेट : के भयो कुराकानी ? « Khabarhub

दिल्लीमा प्रधानमन्त्री प्रचण्ड र मोदीको भेट : के भयो कुराकानी ?


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।

आइतबार बेलुका भएको भेटमा नेपाल र भारतको आपसी सम्बन्ध एवम् द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। सो अवसरमा विगतमा भएका समझदारी एवं सम्झौताको विषयमा विचारविमर्श भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जानकारी गराएको छ।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए। प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान काठमाडौंदेखि भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डका साथमा छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी भ्रमणमा सहभागी छन्। प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ७ : ०८ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको