दिल्लीमा प्रधानमन्त्री प्रचण्ड र मोदीको भेट : के भयो कुराकानी ? | Khabarhub Khabarhub

दिल्लीमा प्रधानमन्त्री प्रचण्ड र मोदीको भेट : के भयो कुराकानी ?


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।

आइतबार बेलुका भएको भेटमा नेपाल र भारतको आपसी सम्बन्ध एवम् द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। सो अवसरमा विगतमा भएका समझदारी एवं सम्झौताको विषयमा विचारविमर्श भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जानकारी गराएको छ।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए। प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान काठमाडौंदेखि भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डका साथमा छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी भ्रमणमा सहभागी छन्। प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ७ : ०८ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ