सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने « Khabarhub

सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने भएका छन्। अमेरिकाले भिसा नदिएपछि अमेरिकामा भएको खेल खेल्न नपाएका सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्न पाउने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएका हुन् । सन्दीप खेल्ने भएपछि प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको विज्ञप्ति मार्फत् सचिव खड्काले जानकारी गराएका छन् ।

‘जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रथान भइृ नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो’, सचिव खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन्दीप मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेको तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी खड्काले गराएका छन् ।

विज्ञप्ति

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ७ : २१ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान