विश्वकप क्रिकेट खेल्न वेष्ट इन्डिज पुगे सन्दीप लामिछाने « Khabarhub

विश्वकप क्रिकेट खेल्न वेष्ट इन्डिज पुगे सन्दीप लामिछाने


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकप खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् ।

लामिछानेले वेस्ट इन्डिज पुगेर सामाजिक सञ्जालमार्फत विश्वकप खेल्ने आफ्नो सपना पूरा भएको उल्लेख गरेका छन् ।

उनले क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, वकिल सरोज कृष्ण घिमिरे तथा म्यानेजर विनोद दासलगायतको निरन्तरको प्रयासले वेस्ट इन्डिजमा हुने दुई खेलमा भने सहभागिता जनाउने अवसर पाएको भन्दै सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

उनले भनेका छन्– ‘म अब बाँकी दुई खेलका राष्ट्रिय टिमसँग वेस्ट इन्डिजमा रहने छु। मेरो सपना र समर्थकहरूको सपना पूरा हुँदैछ।’

अमेरिकी भिसा प्रक्रियाका लागि सरकार, राष्ट्रिय खेलकुद परिषद, क्यानलगायतले प्रयास गरेको भएपनि भिसा नपाएको उनले बताएका छन् ।

उनले झुटा हल्ला र अफवाहाका पछि नलागी १० वर्षपछि विश्वकप खेलिरहेको नेपाललाई निरन्तर हौसला बढाउन सबैमा आग्रह गरेका छन्।

सन्दीपले वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल खेल्नेछन् । नेपालले आगामी शनिबार दक्षिण अफ्रिका र सोमबार बंगलादेशसँग खेल्दैछ ।

यो पनि…
सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १० : ०८ बजे

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने