अल्काराजले जिते फ्रेन्च ओपनको उपाधि « Khabarhub

अल्काराजले जिते फ्रेन्च ओपनको उपाधि


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रेन्च ओपनको उपाधि कार्लोस अल्काराजले जितेका छन् ।

स्पेनिस खेलाडी अल्काराजले जर्मनी का अलेक्ज्यान्डर ज्वेरेभलाई पाँच सेटमा पराजित गर्दै फ्रेन्च ओपन ग्राण्डस्लाम जितेका हुन ।

फाइनलमा २-१ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अल्काराज च्याम्पियन बनेका थिए । उनले ६-२, २-६, ७-५, ६-१, ६-२ ले जितेका थिए ।

आफ्नो पहिलो फ्रेन्च ओपनको उपाधि जितेका २१ वर्षीय अल्काराज क्ले, हार्ड र ग्रास गरी तीन वटै कोर्टमा ग्रान्डस्लाम जित्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । उनले स्पेनकै लिजेण्ड रफायल नाडालको कीर्तिमान तोडेका हुन् ।

यसअघि उनले २०२२ मा यूएस ओपन हार्ड कोर्ट र २०२३ मा विम्बल्डन ग्रास कोर्ट ग्रान्डस्लाम जितिसकेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ११ : ५० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर