लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन असारमा « Khabarhub

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन असारमा


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण अभियान संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने मुल नाराका साथ सम्पन्न हुने महाधिवेशनको उदघाटन समारोह नेपाली कांग्रेसका सभापति एवं पूवप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।

नेपाल आदिवासी जनजाति संघ २०५५ सालमा स्थापना भए पनि अहिलेसम्म महाधिवेशन हुन सकेको थिएन । महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न अध्यक्ष घर्तीमगरको संयोजकत्वमा केन्द्रीय सदस्यहरु, जातीय संघका अध्यक्षहरु, महासंघका प्रदेश अध्यक्षहरु र काठमाडौं, भक्तपुर र ललितपुरका महसंघका अध्यक्षहरु रहेको १०१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति गठन भएको छ ।

महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रचार प्रसार उपसमिति संयोजक केन्द्रीय सदस्य, पासाङ शेर्पा, आर्थिक उपसमिति संयोजक मनमोहन छन्त्याल, स्वयम सेवक परिवालन उपसमिति संयोजक नेपाल तामाङ संघ सभापति रामकृष्ण लामा, अतिथि सत्कार उपसमिति संयोजक केन्द्रीय सदस्य ,केशाङमु शेर्पा आवास तथा भोजन व्यावस्थापन उपसमिति केन्द्रीय सदस्य संयोजक, टोपबहादुर थापामगर, मञ्च व्यावस्थापन उपसमिति केन्द्रीय सदस्य संयोजक मदनलाल श्रेष्ठ, सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक नेपाल तमु संघ, अध्यक्ष भुवनसिंह गुरुङ र प्रतिनिधि दर्ता उपसमिति संयोजक केन्द्रीय सदस्य, रेनुका काउचा मगर रहेका छन् ।

महासंघले आदिवासी समुदायलाई नेपाली कांग्रेससँग जोड्न ‘आज अभियान’ अन्तर्गत देशव्यापी संगठन विस्तार र प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो। ‘आज अभियान’ले आदिवासी समुदायमा उर्जा दिनुका साथै महासंघको १७ बुँदे घोषणा पत्र मार्फत संगठनको धारणालाई वडा तहसम्म पुर्याएको थियो ।

माउ पार्टी नेपाली कांग्रेसले महाधिवेशन गर्न दिएको समय सिमा असार १५ सम्म रहेकोले समय सिमामा नै महाधिवेशन सम्पन्न गर्न लागेको अध्यक्ष घर्तिमगरले बताए ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १२ : ४१ बजे

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६