भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे कुराकानी « Khabarhub

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे कुराकानी


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको दुई दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेटवार्ता गरेका हुन् ।

उक्त अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखिएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षमा छलफल भएको छ ।

उनीहरूबीच दुई देशका जनताबीचको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भए । सपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता भएको थियो ।

उक्त भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा मोदीलाई बधाइ दिँदै उनको आगामी कार्यकालमा नेपाल-भारत सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरे ।

आइतबार साँझ नै राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए।

प्रधानमन्त्री प्रचण्ड आइतबार भारतको नयाँ दिल्ली गएका थिए ।

प्रधानमन्त्री प्रचण्डका साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रचण्ड सोमबार साँझ स्वदेश फर्किँदैछन् ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १२ : ४१ बजे

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्र

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले

रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेनसँगको सहमति अनुमोदन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख