जसपा महाधिवेशन : विभिन्‍न दलका नेता जनकपुर पुग्दै, ओली र प्रचण्ड नजाने | Khabarhub Khabarhub

जसपा महाधिवेशन : विभिन्‍न दलका नेता जनकपुर पुग्दै, ओली र प्रचण्ड नजाने

विदेशी पाहुनाहरू धमाधम काठमाडौं उत्रिँदै


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सोमबारदेखि जनकपुरमा सुरु हुँदै छ ।

पार्टी विभाजनको घाउ निको नहुँदै सुरु हुन लागेको जसपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा २० हजारलाई सहभागी गराइने पार्टी प्रवक्ता मनिष सुमनले बताए ।

को को जाँदै अतिथि ?
अहिलेसम्म नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समेत पुगेको पार्टी प्रवक्ता सुमनले बताए ।

उनका अनुसार अन्य नेताहरू जनकपुरमा जम्मा हु्ने क्रम जारी । जसपाको महाधिवेशनमा सत्तारुढ दलका दुई शीर्ष नेता भने नजाने भएका छन्।

प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने छन् ।

ओली काभ्रेको धुलिखेलमा हुन लागेको कार्यक्रम एक कार्यक्रममा जाने भएका छन् । उता प्रधानमन्त्री प्रचण्ड भने भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा भाग लिन दिल्ली रहेकाले अन्य प्रतिनिधि पठाउने तयारी छ ।

जसपा अध्यक्ष यादवले गत वैशाख २३ गते भएको पार्टी विभाजनमा ओली र प्रचण्डको हात रहेको आरोप लगाइरहेका छन् । अशोक राईले सातजना संघीय सांसदसहित जसपा फुटाएपछि सरकाको तत्कालीन संकट पनि टरेको थियो ।

विदेशबाट ?

प्रवक्त सुमनका अनुसार भारत, मलेसिया, अजरबैजान, स्पेन र इण्डानेसियाबाट अतिथिहरू सोमबार नै काठमाडौं आइपुग्ने छन्‌ ।

भारतका अतिथिहरू भने बिहारको दरभंगा हुँदै त्यहाँबाट सडक मार्गबाट जनकपुर भित्रिँदैछन् ।

मलेसियाको डेमोक्रेटिक एक्सन पार्टीका युवा नेता नुर रहिम बिन निसार, भारतीय समाजवादी पार्टीका नेता एवम् सामाजिक चिन्तक डा. सुनिलम महाधिवेशनमा भाग लिन आइसकेको अध्यक्ष उपेन्द्र यादवले बताए ।

त्यस्तै स्पेनिस सोसलिस्ट वर्कर पार्टीका अन्तर्राष्ट्रिय संयोजक रिकार्ड टोरेल, भारतका सोसलिस्ट पार्टीका प्रवक्ता मनिस सिंह, राष्ट्रिय जनता दलका प्रवक्ता आलोक मेहता, भारतीय कांग्रेसका नेता बीआर पाटिल र प्रवक्ता उदित राजसमेत अतिथिका रूपमा आएका छन् ।

त्यस्तै अजरबैजानका सांसद स्माइलोभ शाहिन, प्रोग्रेसिभ एयरलाइन्स र सोसल डेमोक्रेटिक एलाइन्सका प्रतिनिधि पनि महाधिवेशनमा आउँदैछन् ।

निर्वाचन कार्यक्रम

जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन जेठ ३० गते हुने छ । पार्टीको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यपालिका तयार गरिसकेको छ ।

कार्य तालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुने छ । जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने जसपा नेपालका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

बस्नेतले त्यही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्रमा पर्ने दाबी-विरोध दर्ता, जाँचबुझ र त्यसै दिन ४ बजेसम्म त्यसउपर निर्णय गरिने जानकारी दिए ।

उनका अनुसार जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । केन्द्रीय समितिको निर्वाचन सकिएपछि सबै पदको मतगणना एकै पटक हुने सुमनले बताए ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १ : ०४ बजे

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको

बुकीपाटन पुग्न पदमार्ग र काठेपुल निर्माण

बागलुङ– पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो ।